२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाद्वारा भारत पराजित

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाद्वारा भारत पराजित
अ अ+ अ-

जोहानेसबर्गः भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट क्रिकेट खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी भएको छ ।

भारतले प्रस्तुत गरेको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर पुरा गरेको थियो ।

दक्षिण अफ्रिकालाई महत्वपूर्ण जित दिलाउन कप्तान डिन एल्गरले अविजित ९६ रन बनाएका थिए । अन्य खेलाडीमा भान डुसेनले पनि महत्वपूर्ण ४० रन बनाए । यस्तै एडन मार्करमले ३१, कीगन पिटरसनले २८ तथा टेम्बा बाभुमाले अविजित २३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा केएल राहुलको ५० रनको मद्दतले २०२ रन मात्र बनाएको थियो । अफ्रिकाका युवा खेलाडी मार्को जान्सेनले ४, कागिसो राबाडा र डुआन ओलिभिएरले ३–३ विकेट लिएका थिए ।

जोहानेसबर्गको बाउन्सी पिचमा दक्षिण अफ्रिकाले पनि खासै राम्रो स्कोर खडा गर्न सकेको थिएन । कीगन पिटरसनको ६२ तथा टेम्बा बाभुमाको ५१ रन मद्दतले अफ्रिकाले पहिलो इनिङमा २२९ रन मात्र बनाएर २७ रनको अग्रता लिएको थियो । भारतीय बलर शार्दुल ठाकुरले अफ्रिकाका सात विकेट लिएका थिए ।

भारतले दोस्रो इनिङमा केही सुधारिएको प्रदर्शन गर्न खोजे पनि धैर्य गुमाएको थियो । हनुमा बिहारी, चेतेश्वर पुजारा र अजिन्क्य रहाणेले केही समालिएको खेल प्रदर्शन गरे पनि पूरै टिम ६०.१ ओभरमा २६६ रनमै समेटिएको थियो ।

अफ्रिका समक्ष जितका लागि २४० रनको लक्ष्य प्रस्तुत गरे पनि अफ्रिकाले ३ विकेट गुमाएर ६७.४ ओभरमा २४३ रन बनायो ।

यो जितसँगै तीन टेस्टकाे शृंखला १–१ को बराबरी भएको छ । सेन्चुरिएनमा भएको पहिलो टेस्ट भारतले ११३ रनले जितको थियो । अब तेस्रो तथा अन्तिम टेस्ट केप टाउनमा जनवरी ११ मा हुनेछ ।