२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिनुपर्छ : सांसद भट्टराई

क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिनुपर्छ : सांसद भट्टराई
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिनुभएको छ ।  

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै सुरक्षा अंंगहरुलाई परिचालन गरेर नेपाली सेनालाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अहिलेका क्वारेन्टाइनको अवस्था पुलिसका हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय तहबाट, संघसंस्थाहरुबाट हामीले व्यवस्थित रुपमा क्वारेन्टाइनलाई राम्रो बनाउन सक्दैनौं भने नेपाल आर्मीले लुम्बिनीमा एक महिना भित्र ३ हजार अटने ठुलो सभाहल एक महिना भित्र बनाउन सकेको थियो । दुई वर्ष अगाडि बनाएको सभाहल अहिले पनि त्यो अस्थाई सभाहल हो तर अहिले पनि त्यो काम लाग्ने छ । त्यो प्रयोगमा आइरहेको स्थिति छ । त्यस्तै हामीले यो एउटा विपदको परिस्थिति हो विशेष परिस्थिति पनि हो । हामीले सुरक्षा अंगहरुलाई परिचालन गरेर, नेपाली सेनालाई परिचालन गरेर भएपनि क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्छ की त्यस तर्फ पनि सरकारको ध्यान जाओस । तर आज जुन क्वारेन्टाइनहरु छन पुलिसका हिरासत जस्ता भए जेल जस्ता भए भन्ने टिप्पणिहरु आइराखेको छ । यसको छिटो भन्दा छिटो समाधान गर्नुप¥यो । ’

उहाँले क्वारेनटाइनमा खाने, बस्ने लगायत मास्क, स्यानिटाइजर को व्यवस्था गर्न सरकारलाई धयानकर्षण गराउनुभयो । उहाँले कोभिड १९ रोकथामका लागि सरकारले लिएका पहलकदमीहरु तथा निर्णयहरु र नीतिहरु सान्दर्भिक भएको तर प्रभावकारी नभएको बताउनुभयो । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी ल्याउने सरकरको कमद प्रशंसनीय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले अस्तिदेखि विदेशबाट नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने कुरा गरेको छ । यो सरकारको योजना देशव्यापी  रुपमा प्रशंसनीय नै छ । सरकारले योजनावद्ध रुपमा जुन नेपाली नागरिकहरु जुन अलपत्र परेका छन, रोजगारी गुमाएका छन्, उहाँहरुलाई फिर्ता गर्ने निर्णय गरेको छ र त्यो कार्ययोजनालाई अगाडि पनि बढाइसकेको छ । त्यसकारणले यो प्रशंसनीय छ । यसमा नचुकोस सरकार । कहिंनेर पनि व्यवस्थापनको सन्दर्भमा सरकार नचुकोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले परीक्षणका लागि पीसीआर किटको समस्या अहिले नै देखाउन नहुने समेत बताउनुभयो । उहाँले ४ हजार संक्रमित नपुग्दै समस्या देखाउने हो भने भयाभह स्थिति बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आरडिटीमा अहिले विश्वास कमजोर बन्दै गएको छ त्यासो भएर पीसीआर किटलाई नै बढाउनु पर्ने छ । यसको परीक्षणको दायरालाई बढाउन पर्ने छ । त्यस तर्फ ध्यान जाओस । रिपोर्ट पनि समयमा उपलब्ध नहुने ५ दिन त यसै पनि लाग्छ भनिएको छ । एक हप्ता वित्दापनि १० दिन वित्दा पनि रिपोर्ट प्राप्त भएन भन्ने गुनासाहरु छन यि गुनासाहरुको पनि सम्बोधन होस सरकारको यस तर्फ ध्यान जाओस । ’

संक्रमित विरामीको उपचारको लागि आसोलेसन वार्डको संख्या बढाउन र भेन्टिलेटरको संख्या बढाउन समेत उहाँले माग गर्नुभयो । यस्तै समस्यामा परेका व्यक्तिलाई राहतको व्यवस्था उचित तरिकाले गर्न आग्रह गर्नुभयो ।

उहाँले किसानहरुलाई मल र बिउको सुनिस्चितता गर्न र उत्पादित दुध तथा तरकारीको बजारीकरणमा सहयोग गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पछिल्लो समय सामाजिक सञ्जालबाट राष्ट्रपति माथि निरन्तर आक्रमण भइराखेको बताउनुभयो । यसबाट राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि सरकारले गरेको कामलाई कमजोर बनाउने गरी गतिविधि भइराखेको स्पस्ट हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रपति माथिको आक्रमण यो कुनै एउटा व्यक्तमाथिको रुपमा मात्रै भएको भए कमि छ भने सच्याउँ भन्न पनि सकिन्थ्यो होला । तर अहिले हेर्दाखेरी कस्तो देखिन्छ भने सामाजिक सञ्जालहरु हेर्छु मैले सडकमा पनि अलिकिति गतिविधिहरु हामी सबैले हेरीनै राखेका छौं । यो सब हेर्दाखेरी कस्तो देखिदै छ भने यो गणतन्त्र माथिको प्रहारको रुपमा र यतिवेला राष्ट्रिय स्वाधिनताको प्रश्नमा राष्ट्रिय सार्वभौंमिकताको प्रश्नमा हामी जसरी अगाडी बढ्दैछौं, देश जसरी अगाडि बढ्दै छ यसलाई अलमल पार्ने हिसाबले यसलाई कमजोर बनाउने हिसाबले दाउपेच पो हुन थालेको हो कि भन्ने आशंका मैले देखेको छु । ’