१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
अ अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दैै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनभएको हो ।

उहाँकाअनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उहाँले प्राप्त मुद्दाहरुमध्ये ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने गर्ने निर्णय गरेको बताउनु भयो । मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको बताउनु भयो । उहाँले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताउनु भयो । उहाँले नायब र सह–न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३ हजार ३ सय ७० वटा फाइलमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा मैले हस्ताक्षर गरेको छु । त्यसमध्ये २ हजार ७ सय ९० वटामा पुनरावेदन नगर्ने भनी निर्णय भएको छ । ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा उच्च अदालतमा पुनरावेदन गर्नेगरी फर्काइएको रहेछ । मुद्दा चलाउने कि नचलाउने भनेर हेर्ने हो भने ३६८ वटा मुद्दामध्ये ३४० वटा मुद्दा नचल्ने निर्णय भएको छ । किनभने मुद्दा चल्ने हो भने त तलबाटै चलिसकेको हुन्छ । त्यसमध्ये १० वटा मुद्दा चलाउने भनेर हामीले तल फर्कायौं । बाँकी मुद्दाहरुमा थप अनुसन्धान र आवश्यकताअनुसार फर्काएका छौं । यसअधिका महान्यायाधिवक्ताको कार्यकालमा यो संख्या यसभन्दा दोब्बर भएको हुनसक्छ भन्ने मेरो अनुमान छ । किनभने म आइसकेपछि कतिपय अधिकारहरु तल नायब महान्यायाधिवक्तालाई प्रत्योजन गरिएको थियो । सह न्यायाधिवक्तालाई समेत अधिकार प्रत्योजन गरिएको कारणले गर्दा फाइल संख्या गत वर्षभन्दा घटेको छ भन्ने मेरो अनुमान हो । गत वर्ष हामीले अभियोजन गरेको सरकारवादी मुद्दामध्ये ६८ प्रतिशत सफलता हासिल गरेको देखिन्छ । त्यो सफलता भन्नुको मतलब के हो भने हामीले सवारी ज्यान मुद्दामा कुनैपनि सजाय भएमा हामीले त्यसलाई सफलता रुपमा लियौं । यो वर्ष यस्तो संख्या बढेको मेरो विश्वास छ ।’

फौजदारी न्याय प्रणालीलाई र सुधारका लागि आफू प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । शुक्रवार नै महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको विदाई समेत गरिएको छ । घिमिरे अनिवार्य अवकाशमा जान लाग्नुभएको कारण बिदाई गरिएको हो ।