७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसरः अध्यक्ष ढकाल

युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसरः अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवर्द्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो । नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधारहरू गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ढकालले तीसभन्दा बढी कानूनहरू संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा युएईका लगानीकर्ताहरूका लागि यो समय नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा राख्नु भयो ।

“नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । उर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । अध्यक्ष ढकालले भन्नुभयो, त्यसैले युएईका लगानीकर्ताहरूका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो ।” उहाँले जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राख्नुभयो ।
युएई नेपालका लागि एक विश्वासिलो मित्र रहेको र लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नेपालको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै अध्यक्ष ढकालले युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीहरूलाई लक्षित गर्दै वित्तीय सेवाहरू, तालिम केन्द्रहरू र सीप विकासमा लगानी गर्न आग्रह गर्नुभयो । महासंघ युएईका लगानीकर्ताहरूका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उहाँले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्य र भविष्यमा संयुक्त सम्मेलनहरू आयोजना गर्ने योजना रहेको बताउनु भयो ।