• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

सिरी एः युभेन्ट्स र नापोलीले अंक बाँडे



एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्स र नापोलीले बराबरी खेलेका छन् । गएराति युभेन्ट्सको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको २३ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

५४ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

बराबरीसँगै २० खेलमा ४० अंक जोडेको नापोली तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३५ अंक जोडेको युभेन्ट्स पाँचौं स्थानमा छ ।