१२ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरी एः युभेन्ट्स र नापोलीले अंक बाँडे



अ+ अ-

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्स र नापोलीले बराबरी खेलेका छन् । गएराति युभेन्ट्सको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको २३ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

५४ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

बराबरीसँगै २० खेलमा ४० अंक जोडेको नापोली तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३५ अंक जोडेको युभेन्ट्स पाँचौं स्थानमा छ ।