३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री दाहालले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको भौतिक मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।

एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दाहालले आफ्नो एक वर्षे कार्यकाल उपलब्धीमुलक एवं सफल भएको दाबी गर्नुभयो । मन्त्रालयको एकवर्षे उपलब्धी सार्वजनिक गदै मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वाधार निर्माण, एने, नियम तथा नियमावलीको सम्बन्धमा मन्त्रालयले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनु भयो । उहाँले राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्मा पुगिसकेको बताउनु भयो । उहाँलेसवारी तथा यातायात व्यवस्था विधेयक समेत संसदीय समितिमा छलफलका क्रममा रहेको बताउनु भयो । त्यस्तै, सडक सुरक्षा ऐन, डिप्लोमा इन्जिनियरिङ काउन्सिलको मस्यौदा, शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र सडक दस्तुर उठाउने कार्यविधि बनाउने कार्यसम्पन्न भइसकेको बताउनु भयो । यो

वर्षभित्रमा नागढुंगा सुरुङमार्गमा प्रवेश गर्ने सवारी साधनमा लाग्ने दस्तुरको नियमावली समेत स्वीकृत भइसक्ने उहाँको भनाइ छ । सचिव शर्माले गत असोजमा आएको बाढीबाट क्षति भएका बीपी राजमार्ग लगायतका राजमार्गलाई सञ्चालनमा ल्याउन सफल भएको बताउनु भयो । आर्थिक वर्ष २०७६÷७७ पछि सबैभन्दा धेरै पुँजीगत खर्च यो मन्त्रालयले गरेको छ । यो गएको वर्षमा पनि सबैभन्दा धेरै पूँजीगत खर्च गर्ने मन्त्रालय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । गएको आर्थिक वर्षमा ७६.४१ प्रतिशत पूँजीगत खर्च भएको उहाँले उल्लेख गर्नुभयो । ७६ वटा उपशीर्षकमा रहेको बजेटमा ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च गरेको पनि उहाँले बताउनु भयो । ग्वार्को फ्लाईओभर निर्माण सम्पन्न भएर सञ्चालनमा आउनु मन्त्रालयको महत्वपूर्ण उपलब्धी रहेको पनि सचिव शर्माले बताउनु भयो । मध्यपहाडी, हुलाकी लगायतका राजमार्गहरुमा लक्ष्यभन्दा धेरै उपलब्धीहरु हासिल गरेको सचिव शर्माको दाबी छ ।

यात्रुहरुको सहजताको लागि देशभरका सडकहरुको अवस्था अनलाइनबाटै हेर्ने व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले त्रिदेशीय १० वटा कोरिडोरहरुमध्ये किमाथाङ्का कोरिडारेको ट्र्याक खुलेको पनि उल्लेख गर्नुभयो । मन्त्रालयले सडक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनाभित्रमा देशभर सवारी चालक अनुमति पत्रको समस्या समाधान हुनेगरी मन्त्रालयले काम गरिरहेको पनि जिकिर गर्नुभयो ।