१२ असार २०८३, शुक्रबार
,
Latest
रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय पोशाकबाट आम्दानी



अ+ अ-

कैलाली । वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्ट्रिकोणले उक्त उद्यान निकै प्रख्यात मानिन्छ ।

उद्यानमा घुमघाम, रमाइलोका लागि दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् । प्रायः गरेर यहाँका विभिन्न जातीय पहिचान झल्कने पोशाक लगाएर तस्वीर लिने पर्यटकको रोजाइमा पर्ने गर्दछ । उद्यानमा सोही पोशाक लगाएर फोटो खिचाउने पर्यटकबाट लिने शुल्कबाट स्थानीय रञ्जिता चौधरीले आम्दानी गर्दै आउनुभएको छ ।

चौधरीको पसलमा राना थारु, डगौँरा थारु, नेवार, ठकुरी, क्षेत्री, मगर, शेर्पा, तामाङलगायत करिब ३० जातिका विभिन्न संस्कृति झल्किले पोशाक फोटो खिच्नका लागि उपलब्ध छन् । वनस्पति उद्यानमा फोटो खिचाएको उहाँले प्रति घण्टाको रु १०० शुल्क लिने गर्नुभएको छ ।

एक घण्टाको रु १०० र समय थपसँगै शुल्क पनि थप लिने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसबाट महिनाको सबै खर्च कटाएर रु ३० हजार जति बचत हुने गरेको छ, सरकारी बिदा अर्थात् चाडपर्वका बेला अझै बढी कमाइ हुने गर्दछ ।”

उहाँलाई जातीय पोशाक सिलाउनमा रु चार लाख जति लगानी लागेको छ । एक जोर पोशाक सिलाउन रु पाँच हजार जति खर्च हुने गरेको उहाँको भनाइ छ । परिवारमा सासू, ससुरा, श्रीमान्, श्रीमती र छोरोछोरी गरी छ जना छन् । छोराछोरीको शिक्षाका साथै परिवारको सम्पूर्ण खर्च सोही व्यवसायले धान्दै आएको उहाँले बताउनुभयो ।

विगतमा आर्थिक अवस्था निकै नै कमजोर रहेकी चौधरीले अहिले यो व्यवसाय अगाँल्दै आएपछि जीवनस्तरसमेत सुध्रिएको बताउनुभयो । धनगढीको देवरियास्थित वनस्पति उद्यानमा हाल आन्तरिकका साथै बाह्य पर्यटकसमेत आउने गरेका छन् । रासस