१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय देवरकोन्डाको स्वास्थ्य बिग्रियो, डेंगुका कारण अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडालाई डेंगुको कारण अस्पताल भर्ना गरिएको छ ।

उपचारको क्रममा उनको सम्पूर्ण परिवार पनि उनीसँगै रहेका छन् । उनलाई जुलाई २० मा डिस्चार्ज गरिने अपेक्षा गरिएको छ ।

इन्स्टाग्राम ह्यान्डल इन्टरटेनमेन्ट एफको एक पोस्टमा विजय देवेराकोन्डालाई डेंगु भएको दाबी गरिएको छ, जसका कारण उनी अस्पतालमा भर्ना भएका छन् । यद्यपि, यस विषयमा विजय वा उनको टोलीले अहिलेसम्म कुनै बयान जारी गरेको छैन ।

ईडीले जुलाई १० मा २९ सेलिब्रेटीहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो । यसमा अभिनेता विजय देवरकोंडा, राणा दग्गुबाती र प्रकाश राजको नाम समावेश छ । उनीहरूले अवैध सट्टेबाजी आवेदनहरूलाई प्रवर्द्धन गरेको आरोप छ ।

विजय देवरकोंडा चाँडै नै फिल्म किंगडममा देखिनेछन् । यो फिल्म जुलाई ३१ मा रिलिज हुँदैछ । फिल्मको टिजरमा अभिनेताको शक्तिशाली अवतार देखिएको थियो, जसको रश्मिका मन्डानाले पनि प्रशंसा गरेकी थिइन् । फिल्ममा विजय बाहेक भाग्यश्री बोर्से र सत्यदेव पनि मुख्य भूमिकामा छन् ।