३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको अवस्थामा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमैको पनि स्थानीय अस्पतालमा उपचार जारी छ ।