७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर
अ+ अ-

काठमाडौं । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ, जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ। यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको छ, किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ।

शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलो पटक प्रस्तुत गर्दैछ। शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन्।

टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविद भन्छन्, “शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यवसायिक स्टोरीटेलिंगलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्‍याउने विश्वास हामीले लिएका छौं। टिकटकले पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं।”

हाल शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन्, जहाँ उनीहरूले आफ्ना अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण सिधै दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पुर्‍याइरहेको छ। यसका अतिरिक्त, टिकटकले शोसँग सहकार्य गर्दै लामो फर्म्याटका कन्टेन्टहरू प्रस्तुत गरिरहेको छ, जसले मनोरञ्जनमा विविधता थप्ने र शोको स्टोरीटेलिंगलाई टिकटकको मौलिक फिचरसँग मिलाएर थप आकर्षक बनाउने विश्वास गरिएको छ।

नेपालका लागि शार्क ट्यांकको फ्रेन्चाइजी हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल भन्छन्, “नेपालमा शार्क ट्यांक जस्तो विश्वस्तरीय शो ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। टिकटकसँगको साझेदारीले हाम्रो शोको प्रभाव र पहुँचलाई अझ फैलाउनेछ। टिकटक मार्फत हामी युवापुस्ताका उद्यमी र दर्शकहरूसँग सिधा संवाद गर्न सक्छौं, जसले व्यवसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ।”

शोको आधिकारिक ह्यासट्याग ३क्जबचपत्बलपल्भउब िटिकटकमा शोसम्बन्धी सम्पूर्ण सामग्रीहरूको केन्द्र बनेको छ र ट्रेन्डिङ तथा डिस्कभरी सरफेसहरूमा देखा पर्न थालिसकेको छ। केवल १० दिनभित्र, शोको टिकटकमा ४०,००० भन्दा बढी फलोअर्समा पुगेको छ र सिजनभरि बिहाइण्ड द सीन भिडियो क्लिप्स, विशेष अन्तर्वार्ताहरू, मुख्य क्षणहरू, शार्कहरूका प्रतिक्रिया लगायत थुप्रै एक्सक्लुसिभ सामग्रीहरू प्रस्तुत गर्ने लक्ष्यमा छ।

यो साझेदारीले उद्यमशीलता, कन्टेन्ट इनोभेसन र लोकल स्टोरीटेलिंगमा टिकटकको प्रतिबद्धतालाई स्पष्ट पार्दछ। डिजिटल मनोरञ्जनको ऊर्जा र व्यवसायिक प्रस्तुतीकरणको अनुशासन तथा प्रेरणालाई एकसाथ जोड्दै, टिकटक र शार्क ट्यांक नेपालले सँगै मिलेर देशभरका दर्शकहरूसामु जानकारी, मनोरञ्जन र सशक्तिकरणको अर्थलाई पुन:परिभाषित गरिरहेका छन्।