३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुनै धर्मलाई प्रवद्र्धन गर्न हिन्दूराष्ट्रको कुरा गरेको होइन’



अ+ अ-

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैलाई राजा बनाउन र कुनै जात विशेषले मानेको धर्मलाई प्रवद्र्धन गर्न मात्र राजसंस्था र हिन्दूराष्ट्रको कुरा नगरेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय सभामा उहाँले हिन्दूराष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र नभई नेपाली जनताको एकता र पहिचानसँग सम्बन्धित विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषय नेपालको गौरवसँग सम्वन्धित विषय हो र हामी सबै नेपालीलाई जोड्ने चीज हो ।”

अध्यक्ष लिङदेनले केही पार्टी र राजनीतिक दलहरुले पैसा कमाउने सबभन्दा सजिलो बाटोका रुपमा राजनीतिलाई विकसित गरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतन्त्र र जनताको सर्वोच्चता प्रति पूर्णरुपले प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।