२९ श्रावण २०८३, शुक्रबार
,
Latest
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार



अ+ अ-

म्याग्दी । यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताउनुभयो ।

सिँचाइतर्फ २२ वटा योजनाका लागि रु चार करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकामा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा रु चार करोड ४१ लाख ४० हजार खर्च भएको छ ।

यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका छ स्थानमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा पनि ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ ।

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि रु एक करोड ५० लाख ५० हजार विनियोजन भएकामा रु एक करोड ४७ लाख ६९ हजार खर्च भएको प्रमुख ओझाले जानकारी दिनुभयो । रासस




भर्खरै