३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना

पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
अ+ अ-

घोडाघोडी, (कैलाली) । लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भई सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न थालेको हो ।

आमपानी क्षेत्र यसअघि पनि गर्मी छल्न स्थानीय र वरपरका जिल्लाका बासिन्दाका लागि रमणीयस्थलका रूपमा परिचित थियो । कोरोनाको समयमा यो क्षेत्र अझ बढी चर्चामा आएको थियो । कोरोना महामारीको समयमा आवतजावत सीमित हुँदा पनि यहाँ आन्तरिक पर्यटकको चाप बाक्लो देखिन्थ्यो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही भन्नुहुन्छ,“यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो । राजमार्गदेखि नजिकै शान्त वातावरणमा रहेकाले पनि क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहोराले बताउनुभयो ।

झरना निर्माण हुनुभन्दा पहिले पनि यहाँ शौचालय  र पिकनिक स्थल बनाइएको उहाँले जानकारी दिनुभयो । “पहिले पनि यहाँको विकास लागि हामी थोरै भए पनि लगानी गरहेका थियौँ, हाल रु ४० लाख खर्चेर झरनाको व्यवस्थापन गरेका छौँ । अब यसको विकासले सामुदायिक वनलाई विश्वास छ । अब यसको संरक्षण र सदुपयोग गर्न जरुरी छ”, इकाइ प्रमुख बोहोराले भन्नुभयो ।

सामुदायिक वनमा रहेको खोलामा झरना निर्माण कार्यका लागि सामुदायिक वनकै अध्यक्ष केशबहादुर रावलको अध्यक्षतामा निर्माण समिति बनाइएको थियो । झरना क्षेत्रमा नुहाउन र पिकनिक गर्न मिल्ने पूर्वाधार विकासका साथै खोलाको व्यवस्थापन गरी झरनामा निरन्तर पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । झरनाको पानी सञ्चित गर्न ट्याङ्की, नुहाउने ठाउँ, फोहोरा, कपडा फेर्ने कोठा, शौचालय र पदमार्ग बनाइएको इकाइ प्रमुख बोहराले जानकारी दिनुभयो । झरनाको हेरचाह, सुरक्षा र व्यवस्थापन सामुदायिक वनले गर्दै आएको छ ।

सामुदायिक वनका सचिव शाहीका अनुसार हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि यहाँ पुग्ने गरेको शाहीले बताउनुभयो ।

झरना निर्माणपछि पर्यटकहरुको सङ्ख्या बढे पनि समस्या पनि बढेको उहाँको भनाइ छ । “आमपानी क्षेत्रमा पहिलेदेखि नै सरसफाइको समस्या थियो । झरना निर्माणपछि पर्यटक बढिरहेका छन् । कतिपय पर्यटकले सिसाको बोतल, प्लास्टिकका बोतललगायत फोहर जताततै फालिदिने गरेकाले थप समस्या भएको छ । फोहर फाल्नका लागि बनाइएका डस्टबिन पनि राखेका थियौँ, तिनको प्रयोगमा पनि बेवास्ता भइरहेको छ”, सचिव शाहीले गुनासो गर्नुभयो ।

अब सामुदायिक वनले सो क्षेत्रलाई व्यवस्थित गर्ने र फोहर व्यवस्थापनका लागि टिकट प्रणाली लागू गरिने जनाइएको छ । “चाँडै नै गाउँपालिकालगायत सरोकार भएकाहरूसँग छलफल गरी न्यूनतम शुल्कमा टिकटको व्यवस्था गर्नेछौँ । यसले आम्दानीका साथै पर्यटकको सुरक्षा र जवाफदेहिताका लागि पनि सहयोग पुग्नेछ”, सचिव शाहीले भन्नुभयो ।

झरना सञ्चालनबाट उठेको आम्दानी सामुदायिक वनको कोषमा जाने हुँदा त्यसले वन संरक्षण, नयाँ पूर्वाधार निर्माण र स्थानीय रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । छोटो घुमघाम गन्तव्य खोज्नेहरूका लागि आमपानी झरना नयाँ आशा बनेको स्थानीयको भनाइ छ । रासस