८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

ओली सरकारलाई राहत, उत्पादन र निर्यात बढेपछि उद्योगी आशावादी

ओली सरकारलाई राहत, उत्पादन र निर्यात बढेपछि उद्योगी आशावादी
अ+ अ-

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत आर्थिक वर्षको सुरुआती दिनमा देशका प्राय: सबै आर्थिक सूचक नकारात्मक थिए । तर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । नयाँ आर्थिक वर्षमा अझै सुधार हुने आशा पलाएको छ ।

गत वर्षको साउनमा शिथिल देखिएको अर्थतन्त्रमा बिस्तारै सुधारका संकेत देखिन थालेको हो । वस्तुको मागमा आएको सामान्य वृद्धिले उद्योगका उत्पादनको बिक्री बढ्न थालेको छ भने निर्यातमा पनि वृद्धि भएको छ । तर अपेक्षित सुधार नभएकाले लगानी बिस्तारका लागि बजेटमा गरिएका व्यवस्था कार्यान्वयनमा जोड दिन विज्ञ तथा लगानीकर्ताले सुझाव दिएका छन् ।

गत वर्षको असारमा उद्योगहरू ३५ प्रतिशत क्षमतामा चलेका थिए । तर यो वर्षको असारमा उद्योगको क्षमता ५० प्रतिशत पुगेको छ ।

गत दुई वर्षदेखि ऋणात्मक रहेको उद्योग, निर्माण तथा थोक तथा खुद्रा ब्यापार क्षेत्र यो वर्षदेखि धनात्मक बृद्धिमा गएको छ । आर्थिक वर्ष २०८० /८१ मा २ दशलमव शून्य–दुई प्रतिशत ऋणात्मक रहेको उद्योग आर्थिक वर्ष २०८१/८२ को अन्तिममा तीन दशमलव सात–आठ प्रतिशतले वृद्धि हुने तथ्यांक कार्यालयको अनुमान छ ।

गत आर्थिक वर्षमा २ दशमलव दुई प्रतिशतले ऋणात्मक रहेको निर्माण क्षेत्र यो वर्ष निर्माण सामग्रीको आयातसँगै निर्माणजन्य बस्तुको उत्पादनमा भएको वृद्धिले २ दशमलव दुई–एक प्रतिशतले वृद्धि हुने भएको छ ।

त्यसैगरी गत वर्ष शून्य दशमलब तीन–छ प्रतिशत ऋणात्मक रहेको थोक तथा खुद्रा ब्यापार क्षेत्र यो वर्ष ३ दशमलब तीन–शून्यले वृद्धि हुने अनुमान गरिएको छ ।

अर्थतन्त्र बिस्तारै चलायमान हुन लागेको वैदेशिक ब्यापारको तथ्यांकले पनि देखाएको छ । तर यो पनि पर्याप्त होइन । २०८२ जेठसम्म १६ खर्ब ४४ अर्ब आयात भएको छ, जुन गत वर्षको जेठकै तुलनामा १३ दशमलब १ प्रतिशत वृद्धि हो ।

त्यसैगरी जेठसम्मको निर्यात २ खर्ब ४७ अर्ब भएको छ । जुन गत वर्षको तुलनामा ७७ दशमलब ८ प्रतिशतले वृद्धि हो ।

२०८१ असारमा २० खर्ब ४१ अर्ब रहेको विदेशी बिनिमय सञ्चिति गत जेठमा २५ खर्ब ६९ अर्ब पुगेको छ । सरकारको आम्दानी बढ्दा गत असारमा सरकारको ढुकुटीमा ९३ अर्ब ९६ करोड रहेको मौज्दात जेठ मसान्तमा ३ खर्ब ३९ अर्ब पुगेको छ ।

सरकारले १४ खर्ब १९ अर्ब राजस्व प्राप्ति गर्ने लक्ष्य राखेकामा असार ३० सम्म ११ खर्ब २१ अर्ब अर्थात् लक्ष्यको ७९ प्रतिशत राजस्व उठाएको छ । बिकास खर्च पनि आर्थिक वर्षको अन्तिम महिना असारमा आएर बढेको देखिन्छ ।

३ खर्ब ५२ अर्ब बिकास खर्च गर्ने भनेकामा असार ३१ सम्म २ खर्ब २२ अर्ब अर्थात् ६३ दशमलब २ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१ अर्ब बढी हो ।

गत असारमा ४ खर्ब हाराहारीमा बैंकमा लगानी नभई रकम थुप्रिएकोमा अहिले त्यो बढेर ७ खर्ब ४४ अर्ब पुगेको छ । उद्योग तथा अन्य उत्पादनमूलक क्षेत्रमा कर्जा बढ्ने गरी वातावरण तयार गरे लगानी बढ्ने छ । अधिकांश आर्थिक सुचक सुध्रिँदा र महंगी घट्दा पनि बजारमा ऋणको माग भने भएको छैन ।

अर्थतन्त्रमा देखिएका सामान्य सुधारले मात्र पुग्दैन । विकास र समृतिमा सरकार र नागरिकको हुटहुटी सम्बोधन गर्न पनि अर्थतन्त्रका सबै सुचक सकारात्मक राख्दै लगानी मैत्री नीति बनाउन आवश्यक छ । सकेसम्म धेरै वैदेशिक लगानी भित्र्याएर रोजगारीका अवसर सिर्जना गर्न सकेमा सरकारमाथि नागरिकको भरोसा जगाउन सकिन्छ ।