९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासम्बन्धी अनुगमन गर्न डा.महतको नेतृत्वमा काँग्रेसको समिति



अ+ अ-

काठमाडौं । कोरोना भाइरस  कोभिड १९ का कारण देशमा उत्पन्न परिस्थितिको अध्ययन तथा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपालमा सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले सो अनुगमन समिति गठन गरेको छ । साथै उक्त बैठकले वर्तमान सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ ।

उक्त बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा पुर्नरुपमा असफल भएको निष्कर्ष निकाल्दै अहिलेको परिस्थिति के छ भनेर अनुगमन गर्न डा महतको नेतृत्वमा अनुगमन समिति बनाएको छ ।

बैठकले कोभिड –१९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

साथै काँग्रेसले कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अकर्मण्यता असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुने निर्णय गरेको छ ।