२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

‘जुम्लाका तीन स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम’

‘जुम्लाका तीन स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम’
अ अ+ अ-

जुम्ला । बेरोजगार तथा विपन्न घरपरिवारलाई रोजगारी दिने उद्देश्यले यहाँका तीन स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुआत भएको छ ।  

कनकासुन्दरी , तातोपानी  र हिमा गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएका हुन्  । कनकासुन्दरी २७२, हिमा १६१  र तातापानीकका २६३ जनालाई सो कार्यक्रमअन्तर्गत १५ दिनको रोजगारी दिइने जनाइएको छ ।   

रोजगारका लागि योजना छनोट  शुरु गरेको कार्यक्रमका संयोजक हंशराज न्यौपानेले बताउनुभयो । लकडाउनमा सामाजिक दूरी कायम गरी मास्क, स्यानिटाइजर र साबुनको प्रयोग गर्ने गरी  काम शुरु गरिएको हो । 

उहाँले भन्नुभयो, “डिलेचौरदेखि लेकपोर गाउँसम्म जाने ग्रामीण सडक निर्माण गर्ने काम भइरहेको छ ।” दैनिक रु ८०० ज्याला दिने गरी ग्रामीण सडक निर्माण गर्ने काम भइरहेको छ । रोजगार कार्यक्रमको बजेट रु ३३ लाख ७१ हजार रहेको छ । 

त्यसैगरी हिमा गाउँपालिकाले  कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका १६१ जनालाई रोजगारी  दिएको छ । यही १५ जेठदेखि जेठ मसान्तसम्म १५ दिन रोजगारको काम शुरु भएको हो ।  
    
गाउँपालिकाभित्रका विभिन्न वडामा आरसिसी, गोरेटोबाटो, सिँचाइ कुलो, ढल निकास, कृषि सडक निर्माणको काम दिएको छ । गाउँपालिकाले तयार पारेको तथ्याङ्कअनुसार अति विपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीको समयमा काम दिएको कार्यक्रम संयोजक दीपेन्द्र पौडेलले बताउनुभयो । 

लकडाउन जारी रहँदा घरखर्च चलाउन गाह्रो भएका अति विपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध भएका मजदुर खुशी भएको स्थानीय जयबहादुर रोकायाले बताउनुभयो ।

कार्यक्रमले कामदारलाई दैनिक रु ६६० पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । 

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका थिए । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु ४२ लाख रकम सशर्त अनुदान बजेट रहेको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिकाको कार्यक्रम शाखाले जनाएको छ । 

यसैगरी तातोपानी गाउँपालिकामा कार्यक्रमअन्तर्गत सूचीकृत भई विपन्नको प्राथमिकतामा परेका व्यक्तिलाई रोजगारीको काम शुरुवात गरिएको छ ।  गाउँपालिका–१ का २४ जना र वडा नं ७ बाट ५५ जनालाई काम दिइएको कार्यक्रम संयोजक सरिता शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ मा २४ जनाबाट काम शुरुवात गरिएको छ । यसैगरी सबै वडाका अति विपन्नलाई रोजगारीको काम दिइनेछ । 

तातोपानीका आठवटा वडाका २६३ जनालाई एक महिनाका लागि रोजगारको काम दिइएको गाउँपालिकाले जनाएको छ ।  कार्यक्रमअन्तर्गत प्राथमिकतामा परेका वडा नं १का २४, वडा नं २ का ४४, वडा नंं ३ का २१,  वडा नं ४ का ४०, वडा नं ५ का १९, वडा नं ६ का ३८, वडा नं ७ का ५५  र वडा नं ८ का २२ जनालाई पहिलो चरणमा प्राथमिकताका क्रममा काम दिइएको जनाइएको छ । 

अति विपन्नलाई काम दिएर रोजगारी शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । सो गाउँपालिकामा तीन हजार २६० जना सूचीकृत भएका थिए ।  कार्यक्रमका लागि रु ५३ लाख ८८ हजार रकम रहेको गाउँपालिकाले जनाएको छ ।  रोजगारी पाउनेले प्रतिदिन रु ६६० ज्याला पाउने छन् ।

गुठीचौर, तिला, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाले अहिलेसम्म सो कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । अतिविपन्न र बेरोजगारको तथ्याङ्क सङ्कलन गरे पनि लकडाउनका कारण रोजगार कार्यक्रम सञ्चालन हुन नसकेको जनाइएको छ । 

सो कार्यक्रममार्फत थप दुई लाख रोजगारी सिर्जना गर्ने सरकारले लक्ष्य लिएको छ । यसका लागि आगामी आवमा  कार्यक्रमका लागि रु ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।