२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा

पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा
अ अ+ अ-

गोरखा । पर्यटन प्रवर्द्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहेको सम्वद्ध सबैले बताएका छन् । गोरखामा आयोजित साहित्यको लागि पर्यटन काव्य यात्रा एवम सांस्कृतिक कार्यक्रमका अधिकांश वक्ताहरुले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक कविको सृजना महत्वपूर्ण हुने बताएका हुन् । अन्तराष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरुलाई गोरखामा स्वागत गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकतामाथि थप गहन सृजनाका लागि आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख  पन्तले लेखककविको सृजनालाई थप व्यवस्थित र नगरपालालिकालाई वैभवशाली बनाउन गोरखा नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिनुभयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्ट की अध्यक्ष गीता खत्रीले पर्यटन प्रवर्द्धन गर्न साहित्यकारहरु विभिन्न ठाउँ पुग्नु पर्ने र त्यहाँको जनजीवन, भौतिक अवस्थितिबारे लेख्नुपर्ने बताउनुभयो । उहाँले विश्वमाझ नेपाल वैभवशाली रहेको र यहााको प्राकृतिक सांस्कृतिक वैभवबारे लेख्न आवश्यक रहेको बताउनुभयो। प्राध्यापक लिला लुइँटेलले आफुले नियात्रा र स्थानविशेषमाथि लेखिएका सृजनाहरु पढेर विभिन्न ठाउँप्रति उत्सुक भएको र भ्रमण गरेको संस्मरण सुनाउनु भयो ।

उहाँले हरेक लेखकको सृजनाले त्यस ठाउँलाई थप जिवन्त बनाउने बताउनुभयो।अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा कार्यक्रममा सभापति संध्या पहाडीले यस किसिमका कार्यक्रमले सर्जक र स्रष्टालाई थप उजार्वान र सृजनशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकभित्र र बाहिर साहित्यलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले साहित्य र समाजको सम्वन्ध प्रगाढ रहने बताउादै सर्जकहरुलाई समतामुलक समाज निर्माणमा अग्रसर बनाउन नगरपालिका सदैव क्रियाशील रहने दावी गर्नुभयो । उहाँले कार्यक्रममा देखिएको महिला सहभागीताको मुग्ध कण्ठले प्रशंशा गर्नुभयो । कवि तथा पत्रकार मणि लोहनीले मुलुकभर ६६ वटा नगरपालिका रहेको र त्यसमध्ये गोरखा नगरपालिका विशिष्ट र भिन्न रहेको बताउनुभयो । राष्ट्र निर्माताको नगरपालिकाले फराकिलो दृष्टिकोणसहित अघि बढ्नु पर्ने उहाँको भनाई थियो । अनेसास महिला समितिका  केन्द्रीय सदस्य तथा साहित्यकार डा. रेनुका सोलुले भाषा साहित्यलाई पर्यटनसँग जोडेर अघि बढे सृजना र पर्यटन क्षेत्र दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा अनेसासको केन्द्रीय सचिव विमला निरौलाले कार्यक्रम उपलब्धिपूर्ण रहेको बताउनुभयो । त्यसैगरि साहित्यका लागि पर्यटन काव्य यात्रा गोरखाकी कार्यक्रम संयोजक शान्ता बस्नेतले स्रष्टाहरुलाई गोरखामा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा कविहरु नारायण पोखरेल, मणि लोहनी, विजयभक्त उपाध्याय, यदु अधिकारी, सुरेन्द्र देवकोटा, गीता कार्की, कल्पना एलिशा ढुंगाना, प्रदीप रोदन, गीता मैनाली, शुष्मा आचार्य अंशु, कल्पना खरेल लगायतले कविता वाचन गरेका थिए । त्यस अवसरमा देवु बराल र लक्ष्मी तिवारीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष संध्या पहाडीले गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र उपप्रमुख विना श्रेष्ठलाई दोसल्ला र उपहार प्रदान गरेर सम्मान गर्नुभएको थियो भने कार्यक्रममा सहभागी श्रष्टाहरुलाई नगरपालिकाले मायाको चिनो प्रदान गरेको थियो ।

त्यसअवसरमा काठमाडौबाट गोरखा पुगेका करिव दुइ दर्जन साहित्यकारहरुको टोलीले ऐतिहासिक गोरखा दरवारको भ्रमण गरेको थियो । यसकिसिमका कार्यक्रमलाई निरन्तरता दिइने अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले जनाकारी दिनुभयो । पुष २७ गते राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर ऐतिहासिक गोरखा काठमाडौं पदयात्राको शुभारम्भ भएको दिन पारेर विशेष कार्यक्रम गरिएको हो । पदयात्रामा सहभागीहरु पैदलमार्गबाट ६ दिनका दिन अर्थात पुस २७ गते काठमाडौंको हनुमानढोका पुग्नेछन् ।