१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा

पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा
अ अ+ अ-

गोरखा । पर्यटन प्रवर्द्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहेको सम्वद्ध सबैले बताएका छन् । गोरखामा आयोजित साहित्यको लागि पर्यटन काव्य यात्रा एवम सांस्कृतिक कार्यक्रमका अधिकांश वक्ताहरुले स्थानविशेषको महत्व उजागर गर्न र जनचासो बढाउन लेखक कविको सृजना महत्वपूर्ण हुने बताएका हुन् । अन्तराष्ट्रिय साहित्य समाज अनेसास नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले साहित्यकारहरुलाई गोरखामा स्वागत गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकतामाथि थप गहन सृजनाका लागि आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख  पन्तले लेखककविको सृजनालाई थप व्यवस्थित र नगरपालालिकालाई वैभवशाली बनाउन गोरखा नगरपालिकाले प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिनुभयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्ट की अध्यक्ष गीता खत्रीले पर्यटन प्रवर्द्धन गर्न साहित्यकारहरु विभिन्न ठाउँ पुग्नु पर्ने र त्यहाँको जनजीवन, भौतिक अवस्थितिबारे लेख्नुपर्ने बताउनुभयो । उहाँले विश्वमाझ नेपाल वैभवशाली रहेको र यहााको प्राकृतिक सांस्कृतिक वैभवबारे लेख्न आवश्यक रहेको बताउनुभयो। प्राध्यापक लिला लुइँटेलले आफुले नियात्रा र स्थानविशेषमाथि लेखिएका सृजनाहरु पढेर विभिन्न ठाउँप्रति उत्सुक भएको र भ्रमण गरेको संस्मरण सुनाउनु भयो ।

उहाँले हरेक लेखकको सृजनाले त्यस ठाउँलाई थप जिवन्त बनाउने बताउनुभयो।अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा कार्यक्रममा सभापति संध्या पहाडीले यस किसिमका कार्यक्रमले सर्जक र स्रष्टालाई थप उजार्वान र सृजनशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकभित्र र बाहिर साहित्यलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले साहित्य र समाजको सम्वन्ध प्रगाढ रहने बताउादै सर्जकहरुलाई समतामुलक समाज निर्माणमा अग्रसर बनाउन नगरपालिका सदैव क्रियाशील रहने दावी गर्नुभयो । उहाँले कार्यक्रममा देखिएको महिला सहभागीताको मुग्ध कण्ठले प्रशंशा गर्नुभयो । कवि तथा पत्रकार मणि लोहनीले मुलुकभर ६६ वटा नगरपालिका रहेको र त्यसमध्ये गोरखा नगरपालिका विशिष्ट र भिन्न रहेको बताउनुभयो । राष्ट्र निर्माताको नगरपालिकाले फराकिलो दृष्टिकोणसहित अघि बढ्नु पर्ने उहाँको भनाई थियो । अनेसास महिला समितिका  केन्द्रीय सदस्य तथा साहित्यकार डा. रेनुका सोलुले भाषा साहित्यलाई पर्यटनसँग जोडेर अघि बढे सृजना र पर्यटन क्षेत्र दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा अनेसासको केन्द्रीय सचिव विमला निरौलाले कार्यक्रम उपलब्धिपूर्ण रहेको बताउनुभयो । त्यसैगरि साहित्यका लागि पर्यटन काव्य यात्रा गोरखाकी कार्यक्रम संयोजक शान्ता बस्नेतले स्रष्टाहरुलाई गोरखामा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा कविहरु नारायण पोखरेल, मणि लोहनी, विजयभक्त उपाध्याय, यदु अधिकारी, सुरेन्द्र देवकोटा, गीता कार्की, कल्पना एलिशा ढुंगाना, प्रदीप रोदन, गीता मैनाली, शुष्मा आचार्य अंशु, कल्पना खरेल लगायतले कविता वाचन गरेका थिए । त्यस अवसरमा देवु बराल र लक्ष्मी तिवारीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष संध्या पहाडीले गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र उपप्रमुख विना श्रेष्ठलाई दोसल्ला र उपहार प्रदान गरेर सम्मान गर्नुभएको थियो भने कार्यक्रममा सहभागी श्रष्टाहरुलाई नगरपालिकाले मायाको चिनो प्रदान गरेको थियो ।

त्यसअवसरमा काठमाडौबाट गोरखा पुगेका करिव दुइ दर्जन साहित्यकारहरुको टोलीले ऐतिहासिक गोरखा दरवारको भ्रमण गरेको थियो । यसकिसिमका कार्यक्रमलाई निरन्तरता दिइने अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले जनाकारी दिनुभयो । पुष २७ गते राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर ऐतिहासिक गोरखा काठमाडौं पदयात्राको शुभारम्भ भएको दिन पारेर विशेष कार्यक्रम गरिएको हो । पदयात्रामा सहभागीहरु पैदलमार्गबाट ६ दिनका दिन अर्थात पुस २७ गते काठमाडौंको हनुमानढोका पुग्नेछन् ।