• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

कोभिडका कारण पेरुमा एक लाख बालबालिकाले अभिभावक गुमाए



लिमाः दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोभिडका कारण झण्डै एक लाख बालबालिकाले आफ्ना अभिभावक गुमाएको पेरु सरकारले जनाएको छ । पेरुमा विश्वमै सबैभन्दा बढी कोभिडको मृत्युदर रहेको छ ।

पेरुकी महिला मन्त्री अनाही डुराँडले बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणलाई उद्धृत गर्दै बिहीबार भन्नुभयो, “दुर्भाग्यवस हाम्रो देशमा कोभिड महामारीका कारण ९८ हजारभन्दा बढी बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् ।”

पेरुमा प्रति दश लाख नागरिकमा छ हजारभन्दा बढी पेरुभियालीको मृत्यु भएको छ र यो विश्वकै सबैभन्दा बढी मृत्युदर हो ।

पेरु सरकारले कोभिड पीडित १८ हजारभन्दा बढी परिवारले हरेक महिना ५० अमेरिकी डलर राहत स्वरुप प्रदान गरिरहेको छ । मन्त्री डुराँडले सरकारले ८३ हजारभन्दा बढी बालबालिकालाई मनोसामाजिक र शैक्षिक सहायता उपलब्ध गराउने योजना ल्याउन लागेको जानकारी पनि दिनुभयो ।

पेरुमा अहिले तेस्रो चरणको कोभिड फैलिएको छ र २० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पेरुमा २ लाख भन्दा बढी व्यक्तिको कोभिड संक्रमणबाट मृत्यु भएको छ । एएफपी