२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडका कारण पेरुमा एक लाख बालबालिकाले अभिभावक गुमाए



अ+ अ-

लिमाः दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोभिडका कारण झण्डै एक लाख बालबालिकाले आफ्ना अभिभावक गुमाएको पेरु सरकारले जनाएको छ । पेरुमा विश्वमै सबैभन्दा बढी कोभिडको मृत्युदर रहेको छ ।

पेरुकी महिला मन्त्री अनाही डुराँडले बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणलाई उद्धृत गर्दै बिहीबार भन्नुभयो, “दुर्भाग्यवस हाम्रो देशमा कोभिड महामारीका कारण ९८ हजारभन्दा बढी बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् ।”

पेरुमा प्रति दश लाख नागरिकमा छ हजारभन्दा बढी पेरुभियालीको मृत्यु भएको छ र यो विश्वकै सबैभन्दा बढी मृत्युदर हो ।

पेरु सरकारले कोभिड पीडित १८ हजारभन्दा बढी परिवारले हरेक महिना ५० अमेरिकी डलर राहत स्वरुप प्रदान गरिरहेको छ । मन्त्री डुराँडले सरकारले ८३ हजारभन्दा बढी बालबालिकालाई मनोसामाजिक र शैक्षिक सहायता उपलब्ध गराउने योजना ल्याउन लागेको जानकारी पनि दिनुभयो ।

पेरुमा अहिले तेस्रो चरणको कोभिड फैलिएको छ र २० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पेरुमा २ लाख भन्दा बढी व्यक्तिको कोभिड संक्रमणबाट मृत्यु भएको छ । एएफपी