एजेन्सी । किंग्स्टन टेस्टको दोस्रो इनिङमा वेस्ट इन्डिजको टोली २७ रनमा अलआउट भयो । यो टेस्ट क्रिकेटमा दोस्रो सबैभन्दा कम स्कोर हो । यसअघि १९५५ मा न्युजिल्याण्ड २६ रनमा अलआउट भएको थियो ।
यो ७० वर्षमा सबैभन्दा कम स्कोर हो । अष्ट्रेलियाले यो खेल १७६ रनले जित्यो । यससँगै टोलीले टेस्ट शृङ्खला पनि ३–० ले जित्यो।
यो कम स्कोरिङ खेलमा अष्ट्रेलियाले आफ्नो पहिलो इनिङमा २२५ रन बनाएको थियो ।
जवाफमा वेस्ट इन्डिजको पहिलो इनिङ १४३ रनमा अलआउट भयो। दोस्रो इनिङमा अष्ट्रेलिया १२१ रनभन्दा अगाडि बढ्न सकेन र यसरी वेस्ट इन्डिजलाई २०४ रनको लक्ष्य मिल्यो ।
तेस्रो दिन अष्ट्रेलियाले ९९र६ को स्कोरबाट खेल्न सुरु गरेको थियो । टोलीको लागि दोस्रो इनिङमा क्यामरुन ग्रिनले सर्वाधिक ४२ रन बनाए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ५ र शमर जोसेफले ४ विकेट लिए । जस्टिन ग्रीभ्सले एक विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका ७ खेलाडी शून्य रनमा आउट भए । टोलीका लागि जस्टिन ग्रिभ्स एक मात्र खेलाडी थिए जसले दोहोरो अंकमा पुग्न सके । उनले २४ बलमा ११ रन बनाए । ग्रिभ्सलाई स्कट बोलान्डले आउट गरे ।
यसपछि, वेस्ट इन्डिजको सम्पूर्ण टोली २७ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले दोस्रो इनिङमा ६ विकेट र बोलान्डले ३ विकेट लिए । जोश हेजलवुडले एक विकेट लिए ।










