३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना
अ+ अ-

चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।

लामो झरना भनेर समेत चिनिने यस झरनाको उचाई झन्डै १०२ मिटर रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको किनाराबाट करिव १ किलोमिटर उकालो हिँडेपछि यो झरनामा पुग्न सकिन्छ । वन क्षेत्रमा रहेको यो झरनाले प्रकृतिप्रेमीहरू र शाहसिक यात्रामा रुचि राख्नेहरूको ध्यान तान्न थालेको छ । झरनाको फेदमा चार–पाँच फिट गहिरो प्राकृतिक पोखरी बनेको छ । जसलाई झरना विकास समितिले थप व्यवस्थापन गरेर आकर्षक बनाएको छ । गर्मी महिनामा यहाँ पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढ्ने गरेको छ । झरना क्षेत्र वरपर अहिले क्यानोनिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ, र हाइकिङ जस्ता शाहसिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।

विभिन्न साहसिक खेल कम्पनीहरूले झरना विकास समितिसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । पर्यटकहरूको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । राजधानी काठमाडौंबाट मात्र करिव पाँच घण्टाको यात्रा गरी झरनामा पुग्न सकिने भएकाले आन्तरिक पर्यटकहरूको लागि यो झरना गर्मी र थकानबाट मुक्ति पाउने प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ प्रवेश शुल्क स्वदेशी पर्यटकका लागि ५० रुपैयाँ र विदेशीका लागि १०० रुपैयाँ तोकिएको छ । क्यानोनिङका लागि भने स्वदेशीले १०० रुपैयाँ र विदेशीले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सामान्य दिनहरूमा दैनिक १०० देखि २०० जना पर्यटक यहाँ पुग्ने गरेका छन् भने शनिवार तथा सार्वजनिक बिदाका दिन यो संख्या ४ सय नाघ्ने गरेको जलवीरे झरना विकास समितिका सचिव अमर अधिकारी बताउनु हुन्छ ।

उहाँकाअनुसार नयाँ वर्षजस्ता विशेष अवसरमा एकै दिनमा १ हजार ५ सय भन्दा बढी आगन्तुकहरू झरना अवलोकन गर्न आएको रेकर्ड समेत छ ।झरनाको समग्र विकासका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रूपमा संरचनात्मक पूर्वाधार निर्माणमा लगानी गरिरहेका छन् । हालसम्म कालोपत्रे सडक, ढुङ्गाको सिँढी, रेलिङ, गोलघर, शौचालय, धारा, टिकटघर तथा पौडी पोखरी निर्माण भइसकेका छन्। साथै तीनवटा सटर र होमस्टे सञ्चालनको तयारीसमेत भइरहेको छ । आगामी दिनमा यहाँ जिपलाइन र साइकलिङ ट्र्याक सञ्चालन गर्ने योजना बनाइएको छ । जलवीरे झरना अहिले सामाजिक सञ्जालहरू—जस्तै टिकटक, फेसबुक र इन्स्टाग्राम—मार्फत अत्यधिक चर्चित बनेको छ । झरनाको मनमोहक दृश्य, चिसो वातावरण र रमणीयता हेर्न तराई क्षेत्रका साथै भारतका विभिन्न भागहरूबाट पनि पर्यटकहरू आउने गरेका छन् ।

भारतीय पर्यटक जान्ह्वी वर्मा भन्छिन्, ‘यो झरना अत्यन्त सुन्दर छ । यस्तो प्राकृतिक सौन्दर्य भारतमा बिरलै छ ।’

नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा, गोरखा लगायतका स्थानहरूबाट पनि उल्लेखनीय संख्यामा पर्यटकहरू आउने गरेको झरना व्यवस्थापन समितिका सचिव अधिकारी बताउनु हुन्छ । चितवनको गर्मी मौसममा शीतलता दिने यो झरनाले केवल पर्यटकीय क्षेत्रमै होइन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ । यसरी नै संरक्षणसँगै योजनावद्ध रूपमा विकास गर्न सकिएमा जलवीरे झरना निकट भविष्यमा राष्ट्रियस्तरको प्रमुख पर्यटकीय केन्द्र बन्नेमा कुनै शंका छैन