३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी



फाइल फोटो
अ+ अ-

इस्लामाबाद। पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु भईसकेको छ, जसमा ५३ बालबालिका पनि छन् । यो तथ्य सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको छ ।

सबैभन्दा धेरै मृत्यु जनसंख्या अधिक रहेको पंजाब प्रान्तमा भएका छन् । राष्ट्रिय मौसम विभागले देशका उत्तरी र पूर्वी क्षेत्रहरूमा अझै भारी वर्षाको चेतावनी जारी गरेको छ । यसले शहरी बाढी, पहिरो र हावाहुरीबाट संरचनागत क्षति हुने सम्भावना छ ।

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत भाग पुर्याउँछ । यो वर्षा भारतमा जून सुरुमा र पाकिस्तानमा जून अन्त्यतिर सुरु भएर सेप्टेम्बरसम्म रहन्छ । यसले कृषकहरूको जीवन र खाद्यान्न सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

तर यसले बाढी, पहिरो र भवन भत्काउने घटनाहरू पनि निम्त्याउँछ । विश्व तात्दै गएसँगै मनसुनको स्वरूपमा परिवर्तन हुँदैछ तर यसको प्रभाव कति छ भन्नेमा वैज्ञानिकहरू अझै अनिश्चित छन् ।

पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । सन् २०२२ मा पाकिस्तानमा आएको भयानक मनसुन बाढीले देशको तीन भाग डुबायो र एक हजार ७०० भन्दा बढी जनाको मृत्यु भयो। केही क्षेत्रहरू अझै पुनर्निर्माणको बाटोमा छन् ।
यस वर्ष मे महिनामा आएको कडा हावाहुरी र ओलाले कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।(रासस/एएफपी)