२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

आलुको उचित मूल्य नपाउँदा किसान मारमा
अ अ+ अ-

सर्लाही । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् । 

बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावटका कारण यहाँका किसान मारमा परेका हुन् । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री हुन छाडेका छन् । भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरु आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताउनुभयो । “भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ”, उहाँले भन्नुभयो, “उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ । स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन ।”

बजारमा अहिले रातो आलु प्रतिकेजी रु २८ र सेतो आलु प्रतिकेजी रु २४ का दरले बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलुखेतीको विकल्प खोज्न थालेका छन् । “पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ”, अर्का किसान शिवजी महतोले भन्नुभयो, “गएको वर्ष पनि आलुखेतीबाट रु ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।” पाँच वर्ष पहिले  प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० मा बेच्नुपरेको अर्का किसान रोहन महतोको गुनासो छ । 

जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर  र बरहथवा  क्षेत्रमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानले खेतबारीमै आलु  थुप्रो लगाएर राखेका छन् । जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा यहाँका किसान थप मारमा परेका छन् । जिल्लामा शीतभण्डारका लागि पटक पटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् ।

राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानले बताएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका बेलामा पनि भारतीय आलु आयात हुँदा आफूहरु अचम्मित भएको किसानको भनाइ छ । अहिले जिल्लाका अधिकांश बजारमा भारतीय आलु, प्याज तथा कागतीको बिगबिगी छ ।