४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पार्नुभएको हो । उहाँले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताउनु भयो । सरकारले अघि सारेका कुरामा गल्ती औंल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको बताउनु भयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गर्नुभयो नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पहिला आफूलाई हेरेर अरुमाथि दोष लगाउन अध्यक्ष दाहाललाई आग्रह गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘मैले गल्ती गर्दिन, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईंहरु ढुक्क हुनुस् । तपाईं हामीले पहिला आफूलाई हेरौँ अनि बल्ल अरुलाई प्रश्न गरौँ । सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुस् । सरकारले अघि सारेका कुरामा गलत भयो भनेर औंल्याइदिनुस्, हामी सुधार गर्छौं ।’

मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताउनु भयो ।