१ भाद्र २०८३, सोमबार
,
Latest
नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन राष्ट्रपतिको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

शितल निवासमा आयोजित कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सिमित बजारबाट हुर्केको चलचित्रको बजार आजको स्थितिमा विस्तार हुनु खुशीको कुरा भएको बताउनु भयो ।

चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति, भाषाभाषीका पहिचान जस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भुमिकालाई बिर्सिन नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समयमा आदिवासी, जनजाति लगायतका कला, भाषा, भेषभुषा, भाषा, संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको दाबी गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक छ । सिमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुन रुपमा विकास र विस्तार भएको छ, त्यो खुशीको विषय हो । चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति, भाषाभाषीका पहिचान जस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भुमिकालाई हामीले बिर्सिनु हुँदैन । पछिल्लो समयमा आदिवासी, जनजाति लगायतका कला, भाषा, भेषभुषा, भाषा, संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।’

राष्ट्रपति पौडेलले नेपाल आफैँमा एउटा प्राकृतिक चलचित्र स्टुडियो भएको बताउनु भयो । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।