१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ पूर्वमन्त्री अधिकारी

शिक्षकले पेशालाई मर्यादित बनाउनु पर्दछ पूर्वमन्त्री अधिकारी
अ अ+ अ-

गण्डकी । पूर्वगृहमन्त्री खगराज अधिकारीले शिक्षकले पेशालाई मर्यादित एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । कास्कीको रुपा गाउँपालिका–२ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका लागि  शिक्षक, विद्यार्थी र अभिभावको सामूहिक प्रयासको खाँचो औँल्याउँनुभयो । 

उहाँले विद्यालयस्तरबाटै विद्यार्थीलाई राष्ट्रियताको भावना विकास गराउनतर्पm लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्नुहुने शिक्षिका रस्मिला खनाल, पूर्वविद्यार्थी मनबहादुर भुजेल तथा राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य दुर्गाबहादुर विक र पूर्वप्रधानाध्यापक रोशनलाल गुरुङलाई शिवालय वर्ष सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा रु तीन लाख तथा पूर्वविद्यार्थी डा नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि रु ५० हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाले शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्दै आएको जनाउँदै प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, डा गणपति ओझा, रोशनलाल गुरुङ, पूर्वविद्यार्थी डा नारायण ओझा, मनबहादुर भुजेल, राजेन्द्र ओझा, दुर्गाबहादुर विक, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, सल्लाहकार बलबहादुर गुरुङ, पूर्वविद्यार्थी मञ्चका उपाध्यक्ष शिवराज सुवेदीलगायतले गुणस्तरीय शिक्षाका लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । 

विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको आर्थिक एवं प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विसं २०१७ मा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । (रासस)