१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

छिमेकमा लागेको डढेलोलाई घाम लागेको भ्रममा नपरौं : डा. रवीन्द्र पाण्डे

छिमेकमा लागेको डढेलोलाई घाम लागेको भ्रममा नपरौं : डा. रवीन्द्र पाण्डे
अ अ+ अ-

करिब १८०० किलोमिटर खुला सिमाना भएको भारतको पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा १ लाख १७ हजार १ सय नयाँ संक्रमित देखा परेकाछन् भने हालसम्म ओमिक्रोन संक्रमितको संख्या ३ हजार ७ रहेको छ I भारतमा ओमिक्रोनबाट एकजनाको मृत्यु भएको छ भने यो २४ घन्टामा ३०२ जनाको कोभिडबाट मृत्यु भएको छ I अहिले भारत लगायत धेरै देशमा फैलिएको मुख्य प्रजाति डेल्टा नै हो I ओमिक्रोन कमजोर प्रजाति भएपनि डेल्टा कमजोर छैन | तसर्थ यो महामारीलाई ओमिक्रोनको महामारी भनेर बुझ्नु हुँदैन |

हरेक सिमानाकामा नेपाल फर्किनेको चाँप बढेको छ I पिसिआर तथा एन्टिजेन टेस्ट निकै साँगुरो छ | तसर्थ दैनिक कति संक्रमित नेपाल छिरेका छन्, यकिन गर्न सकिएको छैन I सिमानामा होल्डिंग सेन्टर, क्वारेन्टिन तथा आइसोलेसनको अवस्था नाजुक छ I

हाल नेपालका बिभिन्न ठाउँमा कडा रुघाखोकी फैलिएको छ I ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले को ओमिक्रोन संक्रमित हो, को रुघाखोकीको बिरामी हो छुट्याउने खालको परिक्षण गरिएको छैन I भित्रभित्रै ओमिक्रोन भुसको आगो भएको हुनसक्छ I

पहिलो र दोस्रो लहरको ट्रेन्ड हेर्ने हो भने भारतमा महामारी बढेको ३ हप्तापछि नेपालमा बढेको पाइएको छ I यहि आधारमा केहि जनस्वास्थ्यविद तथा संक्रामक रोग बिशेषज्ञले भबिष्यवाणी गर्दा सामाजिक संजालमा उनीहरुको उछितो काढेको देखियो I यो भनेको छिमेकमा डढेलो लाग्यो भन्न नहुने र डढेलोलाई घाम भन्नुपर्ने वा मौन रहनुपर्ने अवस्था छ I

माघको तेस्रो हप्तादेखि नेपालमा संक्रमण निकै बढ्ने अनुमान गर्न सकिन्छ I सरकारले यो ३ -४ हप्तालाई मिनेट/ मिनेट सदुपयोग गर्ने हो भने सम्भावित तेस्रो लहरलाई कमजोर बनाउन सकिन्छ I त्यसको लागि हरेक स्वास्थ्य संस्थाबाट ब्यापक प्रचार गरेर स्टकमा रहेको खोप आम नागरिकलाई लगाउन एकदिन पनि ढिलो गर्नु हुँदैन I त्यस्तै फ्रन्टलाइनर र जोखिम बर्गलाई बुस्टर डोज सुरु गर्नुपर्दछ I यसमा अलमल गर्ने समय हामीसंग छैन |

जनस्वास्थ्यका मापदण्ड पालनामा हरेक तहका प्रहरीप्रशासन तथा सरोकारवाला संस्थालाई ब्यापक परिचालन गर्ने, नो मास्क–नो सर्भिस लागु गर्ने तथा सिमानाका र एयरपोर्टमा बिशेष रणनीति अबलम्बन गर्नुपर्दछ I

भारतका केहि कम्पनीले FDA मान्यताप्राप्त कोभिड्को खाने औषधिको उत्पादन गरेका छन् I ती औषधि भारतले सस्तोमा उत्पादन गरेको छ I नेपालले पनि खाने औषधि भारतबाट ल्याउन कुटनैतिक / राजनैतिक छलफल गर्न ढिलो गर्नु हुँदैन I हामीलाई चाहिने अक्सिजनको ब्यबस्था तथा रेमडेसेभिर लगायतका औषधि भारत र बंगलादेशबाट ल्याउन ढिलो गर्नुहुँदैन I

सरकार र नागरिकले आआफ्ना कर्तब्य पुरा गर्ने हो भने लकडाउन तथा निषेधाज्ञा जारी गर्नु पर्दैन I कहिल्यै पनि महामारीलाई कमजोर आंकलन गर्नु हुँदैन  i दोस्रो लहरमा स्तरवृद्धि भएका अस्पतालका कोभिड वार्ड, आइसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट आदिलाई तम्तयार राख्नु जरुरी छ I ओमिक्रोन परिक्षण गर्ने क्षमता हामीकहाँ दयनीय छ I पिसिआर टेस्ट सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क गर्ने पहल देखिएको छैन I यस्तो भताभुंग तालले संक्रमण बढ्ने र आउट ब्रेक भएपछि रातारात कमसल सामान किन्ने काम गर्नु हुँदैन I

हामी नागरिक पेनिक बन्नुपर्ने वा आत्तिनुपर्ने अवस्था छैन I खोप र मास्कले काम गर्छ | कोरोना, खोप र मास्कको बिरोध गर्नेहरुले पनि आफ्नो तथा आफ्नो परिवारको जीवनरक्षा गर्नको लागि खोप लगानुहोला, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहोला I जीवन रहेमा पछि बिरोध गर्न पाइन्छ I

राजनीति, गालीगलौज तथा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने काम पछि गरौंला I अहिले युद्धस्तरमा परिक्षण, खोप बिस्तार तथा आबश्यक काम गरौँ I