६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता



अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।

सरकारले आईतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आईतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताउनु भयो । उहाँले कुनै मानव अंग मात्रै पनि फेला परेको बताउनु भयो ।

अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताउनु भयो । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको बताउनु भयो । २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको बताउनु भयो । स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको बताउनु भयो । उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको बताउनु भयो । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ । क्षतिको कुरा गर्दा अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ । घाइते एक जना । सुरक्षाकर्मी परिचालित कुल १ हजार ९ सय ५० रहेका छन् । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको छ । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो गाडी बगेका थिए । २ वटा पुल क्षति भएका छन् । एउटा पुलमा आंशिक क्षति पुगेको छ । १६ किलोमिटर सडक स्याँफ्रुबेसीबाट टिमुरेसम्म जाने सडकको धेरै ठाउँमा क्षति छ । १२ सय मिटर जित ठाउँ ठाउँ गरेर पूर्ण क्षति भएको देखिन्छ । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० को धेरै क्षति छ । अरुमा पनि क्षति छ ।’

बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा—चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको बताउनु भयो ।