१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज सुवेदीले भने– मैले राप्रपा त्यागेको छैन, न्याय माग्न निर्वाचन आयोग आएँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगको अध्यक्षबाट पदमुक्त भएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

उजुरी पश्चात पत्रकारसँग कुरा गर्दै उनले आफूमाथि अन्याय भएको र न्याय माग्नका लागि निर्वाचन आयोग आएको बताए ।

पदबाट हटाइएकोबारे सञ्चारमाध्यमबाट थाहा पाएको बताउदै उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपर्थ्यो । मलाई सोधिएको छैन । चिठी लेखेर दिएको पनि छैन । मैले मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो र अर्को मान्छे राख्नुभयो रे भनेर ।’

सुवेदीले पार्टीभित्र अनेक षड्यन्त्र भइरहेको दाबी गर्दै भने, ‘म त पार्टीमा अन्याय हुन लाग्यो भनेर त्यसको विरोध स्वरूप आएको हुँ । पार्टी फुटोस् भन्ने चाहना होइन, षड्यन्त्र नहोस् भन्ने चाहना हो ।’

यस्तै, पत्रकारको तपाईँले त आफैँ राप्रपा त्यागे भनेर सार्वजनिक रूपमा घोषणा गर्नुभएको होइन र ? भन्ने पश्नमा उनले आफूले संयुक्त जनआन्दोलन समिति घोषणा हुँदा राप्रपा परित्याग गरिसकेको भनेर कहीँकतै नभएको बताए । उनले भने, ‘त्यो भाषणको अगाडि र पछाडि हेर्नुपर्छ । मैले भनेको थिएँ, संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्रको निम्ति जुनसुकै सेक्रेफाइस गर्न पनि तयार छु, पार्टीबाट राजीनामा दिनुपर्‍यो, छोड्नुपर्‍यो भने पनि तयार छु, तर यो पद म छोड्दिन भनेको थिएँ । जे सुविधा लाग्छ त्यही काटेर पोर्सन मात्रै हाल्नुभयो । ममाथि पार्टीमा अन्याय भएको छ ।’




भर्खरै