७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

महिनावारी हुँदा गोठमा सुत्न जाँदा…

महिनावारी हुँदा गोठमा सुत्न जाँदा…
अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी (रजस्वाला) भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उहाँलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो ।

तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।

कमलाका तीन स–साना बालबालिका छन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएकोे गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन् ।

नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तव्ध भएको बताउनुभयो । “छाउपडी प्रथा हटाउनका लागि प्रयास गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “जनचेतना फैलाउने कार्य गर्दागर्दै महिलाको दुःखद् निधन भयो, निकै मर्माहत छौँ ।” विद्यमान छाउपडी प्रथा हटाउनका लागि आगामी आवको नीति तथा कार्यक्रमै पनि सचेतनामूलक कार्यक्रम गर्ने, छागोठ भत्काउने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।

“छाउपडी प्रथा कानुनतः निषेध गरिएको भए पनि अशिक्षा र गरिबी भएका क्षेत्रमा विद्यमान छ, त्यसलाई घटाउनका लागि भरमग्दुर प्रयासमा छौँ”, उहाँले भन्नुभयो । छाउपडी प्रथाजस्तो गम्भीर मानवताविरोधी कुप्रथाका कारण निर्दोष महिलाले ज्यान गुमाउनुपरेको दलित अगुवा राजुराम सार्कीले बताउनुभयो ।

महिनावारी नियमित प्राकृतिक जैविक प्रक्रियालाई घृणित भावना राखेर व्यवहार गर्ने घरपरिवार, समाजको चरित्र फेर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले छाउपडी प्रथा नेपालको सुदूरपश्चिममा प्रचलित अमानवीय सामाजिक प्रथाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कुरीतिजन्य अमानवीय यस प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ । यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ । रासस