१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्व रही रहन्छः शिक्षामन्त्री पन्त

नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्व रही रहन्छः शिक्षामन्त्री पन्त
अ अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताउनुभएको छ ।

आईतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भानु जयन्ती मनाउनको मुल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु रहेको बताउनु भयो ।

उहाँले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताउनु भयो । उहाँले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताउनु भयो । भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गर्नुभएको बताउनु भयो । आफूले नेपाली भाषाको नेतृत्वको गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताउनु भयो । भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु रहेको बताउनु भयो ।

मन्त्री पन्तले भन्नुभयो, ‘भानु जयन्ती मनाउनको मुल तात्पर्य के हो भने हामीले आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छाँै, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ । हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न सक्दैनन्, उनीहरुले आफ्नो कालखण्डलाई नेतृत्व गर्दछन् । त्यो हरेक क्षेत्रमा हुन्छ, साहित्यमा पनि हुन्छ । भानुभक्त आचार्य आफ्नो कालखण्डमा साहित्यको पाटोलाई नेतृत्व गरेर नेपाली भाषालाई फैल्याउने मूर्धन्य व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई सम्झनु भनेको हामी नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु हो ।’

मन्त्री पन्तले विभिन्न भाषाहरु मर्दै गइरहेको बताउनु भयो । भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौति रहेको बताउनु भयो ।