२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा हुँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्नेकुरा जनताले हेरिरहेका छन्ः सहमहामन्त्री परियार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरुले कस्तो काम गरे भन्नेकुरा जनताले नियालिरहेको बताउनुभएको छ ।

भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरुको अवस्था कस्तो थियो र अहिले नेपालको अवस्था र उनीहरुको अवस्था कस्तो छ भन्नेकुरा नियाल्न जरुरी रहेको बताउनु भयो । उहाँले अधिकांश समय नेपालको सरकारमा काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेको जिकिर गर्दै सरकारमा रहेर काम गरेकाको मूल्यांकन जनताले गरिरहेको बताउनु भयो ।

सहमहामन्त्री परियारले भन्नुभयो, ‘विभिन्न शक्ति राष्ट्रहरुमा राजनीतिक दलहरुको अवस्था कस्तो थियो, आज कुन अवस्थामा छन् । नेपालमा पनि हामीले ०४८ सालदेखि तुलना गर्ने हो भने आज राजनीतिक दलको अवस्था के छ ? बहुदल ल्याएको पनि ०४६ सालदेखि हिसाव गर्ने हो भने धेरै लामो समय पार गरिसकेका छौँ । विशेष गरी सत्तामा काँग्रेस, एमाले र माओवादी छौँ । पछिल्लो अवस्था तुलना गर्ने हो भने त माओवादी पनि अरु दल सरह हुन लागिसक्यो । पटक पटक हामी सरकारमा पुगेका छौँ । हामीले सरकारमा पुग्दा कस्तो किसिमको डेलिभरी गर्नसक्यौँ, यो आम जनताले अहिले हेरिरहेका छन् । अहिलेको जेनजी पुस्ताले हेरिरहेको छ । आज हामी शक्ति राष्ट्रमा काम गर्न गइरहेका छन् । नेपालको दक्ष जनशक्ति शक्ति राष्ट्रहरुमा जान बाध्य भएका छन् ।’

सहमहामन्त्री परियारले शक्ति राष्ट्रमा काम गर्न नेपालको दक्ष जनशक्ति गइरहेको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्नेकुरा नागरिकस्तरबाट मूल्यांकन भइरहेको बताउनु भयो ।