२५ श्रावण २०८३, सोमबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैनः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरुलाई नेपालमै बस्न आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उहाँले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

“नेपालमा व्यावसायिक रुपमा अपार सम्भावना छन्, नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु, अनुभवका अधारमा मलाई नेपालका हरेक क्षेत्रमा सम्भावना छन्”, उहाँले भन्नुभयो ।

उहाँले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गर्नुभयो । नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

“मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ, सानै उमेरदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौँ भन्ने सोच थियो, महत्वाकांक्षी नभइ इमान्दार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ”, उहाँले भन्नुभयो ।

उहाँले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताउनुभयो । आफू विश्वका सबै जसो देशमा पुगेको बताउँदै उहाँले ढकालले नेपाल जस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताउनुभयो ।

कक्षा १२ पूरा गरी उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा ९युथ फर चेन्ज०, वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)ले महोत्सव  आयोजना गरेको हो । युवा तथा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।