२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे

सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डा विश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताउनुभएको छ ।

भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतका क्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

द्वन्द्वका कारण अपुरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै उहाँले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिइ दुवै देशका जनताको जीवनस्तर सुधारका पक्षमा यथासक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

भारत र नेपालका लागि गणतन्त्र रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशी सहभागिताजस्ता महत्वपूर्ण एवं आधारभूत पक्षलाई प्राथमिकता दिइ तीव्र आर्थिक वृद्धिदरका साथ रुवाण्डा अहिले विकास र समृद्धिको बाटोमा अघि बढिरहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिइ शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रुवाण्डाबाट समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने सन्दर्भमा पाठ सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रुवाण्डाको अवैतनिक परिषद्का ‘डिन’ को भूमिकामा रहनुभएका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार सन् २०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र भएको रुवाण्डामा कुल ग्राह्स्थ उत्पादन १० प्रतिशतसम्म वृद्धि भइ अहिले प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर पुगेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा हत्याहिंसा र द्वन्द्वको चपेटाबाट मुक्त भएको रुवाण्डाले आन्तरिक तथा वाह्यदेशको समेत लगानी आकर्षित गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा अतुलनीय प्रगति गरेको बताउनुभयो ।

सो कार्यक्रमको आयोजक समेत रहनुभएका नेपालका लागि रुवाण्डाका अवैतनिक दूत प्रज्वलजङ्ग पाण्डेले नेपाल र रुवाण्डाबीचको व्यापारव्यवसाय प्रबद्र्धन, दिगो शान्ति र समृद्धि तथा कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले लगानीका हिसावले सहकार्यका क्षेत्रहरूको पहिचान गरी दुवै देशका जनतालाई लाभान्वित तुल्याउन आवश्यक सहकार्य गरौँ भन्नुभयो ।

विश्वमै कफी उत्पादन तथा निर्यातमा महत्वपूर्ण योगदान रहेको रुवाण्डाले दिगो शान्ति, द्वन्द्वरत पक्षबीचको मेलमिलाप, पुन:निर्माणसहित विश्वशान्तिका पक्षमा मौलिक तथा उदाहरणीय काम गरेको सो अवसरमा बताइयो । रासस