१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बिपद् व्यवस्थापनमा संघ–प्रदेशबीच समन्वय र सहकार्य आवश्यकः मन्त्री लामिछाने

बिपद् व्यवस्थापनमा संघ–प्रदेशबीच समन्वय र सहकार्य आवश्यकः मन्त्री लामिछाने
अ अ+ अ-

काठमाडौँ । वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले गत असोजको घटनाबाट पाठ सिकेर आवश्यक पूर्वतयारीमा जुटिरहेको बताउनु भयो । उहाँले गत वर्षको असोजमा आएको बाढीले  झन्डै १२ अर्ब रुपैयाँ बराबरको क्षति पु¥याएको भन्दै यस वर्ष उच्च शतर्कताका साथ विपद् जोखिम न्युनिकरणमा जुटिरहेको बताउनु भयो ।

उहाँले सबै जिल्लाका सुरक्षा निकायहरुलाई समेत हाई अलर्टमा बस्न निर्देशन दिइएको मन्त्री लामिछानेको भनाइ छ । उहाँले विपद् व्यवस्थापनका लागि प्रदेश एक्लैले नसक्ने उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच आवश्यक सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि संघ सरकारसँग पटक–पटक बजेट माग गरिएको भएपनि गृहमन्त्रालयले पर्याप्त सहयोग नगरेको बताउनु भयो । उहाँले प्रदेशमास समेत विपद्का लागि बजेट नै नछुट्याइने चलन रहेकोमाय स वर्ष आफ्नै पहलमा १० करोड रुपैयाँ विनियोजन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी गत वर्षमा भएका घटनाहरुबाट शिक्षा लिँदै यस वर्ष हाई अलर्टमा बस्ने, सुरक्षा निकायहरुलाई पनि तयारी अवस्थामा बस्न भनेका छौं । विगतमा पनि केही कमजोरीको कारण उद्धारमा केही समस्या भएको थियो । यस वर्ष संघ सरकार र प्रदेश सरकारबीच सहकार्य र समन्वय गरेर विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यका काम चुस्त दुरुस्त बनाउने काम गरिरहेका छौं । एउटा विडम्वना भन्नुपर्छ, गत वर्षसम्म विपद्मा खासै बजेट नै नराख्ने चलन रैछ । सकिन लागेको वर्षमा २५ लाख रुपैयाँ राखिएको थियो । यसपल्ट मैले बजेटको लागि निकै नै लबिङ गरे । फेरि त्यो मेरो मात्रै इच्छाशक्तिले नहुने रैछ । यसपटक मैले विपद् कार्यको लागि १० करोड बजेट विनियोजन भएको छ । गत वर्ष असोज १०–१२ मा आएको बाढीले करिव १२ अर्बको क्षति भएको देखाएको छ । लभगभ ६ हजार घर ढलेका छन् । त्यो अवस्थामा हाम्रो प्रदेश सरकारको बजेटले मात्रै त्यो धान्नसक्ने अवस्था छैन । हामी विपद् कार्य गर्नको लागि बजेट पठाइदिन गृहमन्त्रालयलाई पटक पटक भनेका छौं । तर पनि संघ सरकारले विपद् कार्य गर्नको लागि प्रदेशसँग सहकार्य गर्न चाहेको छैन । प्रधानमन्त्रीज्युको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयहरु समेत कार्यान्वयन भएका छैनन् ।’

उहाँकाअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयहरू समेत अहिलेसम्म कार्यान्वयनमा आएका छैनन् ।