२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहनेका लागि खुला विश्वविद्यालयः अध्यक्ष लिङदेन

पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहनेका लागि खुला विश्वविद्यालयः अध्यक्ष लिङदेन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताउनु भयो । उहाँले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गर्नुभएको उल्लेख गर्नुभयो । जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गरिरहनुभएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘आज हाम्रा लागि खुशी र गौरवको दिन हो । यो केबल राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि मात्रै होइन । पशुपति समशेर राणा नेपालको राजनीतिमा एउटा यस्तो प्रेरणा श्रोत जसले आफ्नो जीवनको ६ दशक निरन्तर रुपमा सक्रियतापूर्वक अविश्रामपूर्वक आफूलाई क्रियाशिल राख्नुभयो । क्रियाशिल, निरन्तरताको पर्याय हो उहाँ । उहाँबाट धेरै कुरा सिक्नुपर्नेछ । ६० वर्षसम्म अविचलित, निरन्तर रुपमा सार्वजनिक रुपमा सक्रिय रहनु चानचुने कुरा होइन । उहाँ थोरै मान्छेमध्येको एक हो । जसले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गर्नुभएको छ । उहाँ वास्तवमा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय हो । उहाँबाट हामीले पढ्न र सिक्नपर्ने धेरै कुरा छ ।’

अध्यक्ष लिङदेनले जबरालाई आगामी जीवन अझै सहज र सक्रियतापूर्वक अघि बढाउन शुभकामना दिनुभयो ।