४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

‘सरकार उल्टो बाटोमा, आफ्नो खुट्टामा आफैंले बन्चरो हान्यो’

‘सरकार उल्टो बाटोमा, आफ्नो खुट्टामा आफैंले बन्चरो हान्यो’
अ+ अ-

डा. द्वारिकानाथ ढुङ्गेल

डा विष्णुराज उप्रेतीको संयोजकत्वमा  नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलन समिति गठन भएपछि त्यसमा को परे, को परेनन् भन्ने कुरा सामाजिक सञ्जालमा देखिन थालेका छन् । समितिमा परेका सबैलाइ बधाई ।

तर, मुल विषय समितिमा को परे वा परेनन भन्ने होइन । सरकार उल्टो बाटो हिड्याे , र आफ्नो खुट्टामा बन्चरो हान्न पुगेको छ । यो कुरा बिचारणीय छ । सबै प्रमाण छन् र  तिनै आधारमा नक्सा निकालिएको भन्ने तथा भारतलाई वार्ता गर्न आह्वान गर्ने ओली सरकार अहिले आएर प्रमाण संकलन गर्ने कार्यआदेश सहित उप्रेती समिति गठन गर्न पुग्दछ ।

प्रमाण संकलन गर्ने काम बाँकी थियो भने किन नक्सा प्रकाशित गर्यो ?  किन प्रकाशित नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसद समक्ष प्रस्तुत गर्यो ? समितिले प्रमाण पाइएन भन्यो भने, के सरकार प्रकाशित नक्सा फिर्ता लिन्छ रु सरकारको यस्तो व्यवहारलाई छिमेकीले कसरी हेर्लान र पलट वार गर्लान ?

जुन विज्ञतालाई समिति समावेश गरिएको छ, तिनको मूल्याँकन वा अब मूल्याँकन के गरेको, सरकार ? सरकार खेलाँची गरिरहे को वा विषयमा गम्भीर, बुझ्न सकिएन है ?

 

 

याे पनि पढ्नुहाेस्

 

डा उप्रेतीको संयोकत्वमा बनेको समितिलाई तोकिएको कार्यदेश 

१) सार्वजनिक निकायलगायत विभिन्न संघसंस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर–पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने सक्कल वा प्रमाणित प्रतिलिपि वा प्रतिलिपि संकलन गर्ने । 

२) सात क्षेत्रका प्रमाण संकलन गर्ने कार्यादेश तोकिएको छ । जसअनुसार नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारीपत्र, तत्कालीन इस्ट इन्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग पत्राचार, नेपाल–भारत सीमासम्बन्धी नक्सा (सुरुदेखि हालसम्म संयुक्त रूपमा र दुवै पक्षबाट प्रकाशितसमेत) संकलन गर्नुपर्नेछ ।

३) सरकारी प्रतिवेदन, आदेश, अन्य आधिकारिक तथ्य एवं प्रमाण, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य एवं प्रमाण, अदालती फैसलासम्बन्धी प्रमाण खोज्न भनिएको छ । यसैगरी जग्गाको स्वामित्वको प्रमाणपत्र तथा राजस्व, मालपोत, भूमिकर, तिरोभरो, तिरो तिरेका रसिद, भरपाई पत्रलगायत प्रमाण जुटाउने ।