२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी

नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त  गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाहरुका पछिल्ला तथ्यांकहरुले नुनसम्बन्धी नीति परिवर्तन गर्नुपर्ने देखाएको उल्लेख गर्दै यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले समय समयमा बाटो बिग्रने अवस्थाका कारण दुरदराजका जिल्लाहरुमा समयमै कोटाअनुसार नुन पु¥याउन समस्या पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य संगठनले दिएका पछिल्ला तथ्यांकहरुले पनि अब हामीले नुनसम्बन्धी नीतिहरु परिवर्तन गर्नुपर्ने हो कि जस्ता संवेदनशील कुराहरु आएका छन् । यी सबै तथ्यांकहरुमा छलफल गरेर सरकारका लागि अब के आवश्यक हो त भन्ने कुराको एउटा योजना बनाउनुपर्छ । त्यसका लागि हामी गम्भिर भएर लाग्छौं भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छौं । अहिले नुनसम्बन्धी दायित्व अर्को मन्त्रालयअन्तर्गत भएपनि यस्ता संवेदनशील विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ । अहिले पनि नुनको मूल्यमा देशभर एकरुपता छैन । राज्यले सहुलियत दिएकै कारण काठमाडौंमा २६ रुपैयाँमा पाइने नुन बाजुरामा ९ रुपैयाँमा पाइन्छ । यो कुरालाई पनि बुझ्नुपर्छ । दुर्गम जिल्लाहरुमा नुन पुग्दासम्म लामो समय लाग्ने र बीचमा बाटो बिग्रिएको कारण कोटाअनुसार नुन पुर्याउन नसकिएको पनि सत्य हो । लामो समयसम्म बाटो बन्द हुँदा बाजुराका लागि लगिएको नुन अन्यत्र पठाउनुपर्ने पनि हुन्छ ।’

समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।