७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुन्छः सचिव शर्मा



अ+ अ-

काठमाडौँ । आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।

बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने उहाँले बताउनु भयो । अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताउनु भयो । उहाँले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताउनु भयो । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो । हामीले अहिलेसम्म गरेको काम भनेको हामी आन्तरिक रुपमा प्रवद्र्धनको काम गरेका छौँ । बीउमा अनुदान दिन्छौँ । मलमा, भण्डारणमा अनुदान दिन्छौँ । बजार  पनि आन्तरिक बनाएका छौँ । सपोर्ट पनि गरेका छौँ । अझै व्यवस्थित हुन सकेको छैन । कृषि जोखिमपूर्ण व्यवसाय पनि हो । अबको पाटो भनेको देशभित्र उत्पादन भयो तर त्यसलाई बजार दिनुपर्छ । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी छ । आन्तरिक प्रवद्र्धन गरेर मात्रै भएन, राष्ट्रिय सुरक्षा पनि हामीले दिनुपर्छ । अर्को वर्ष कृषिजन्य वस्तुको उत्पादनको मूल्य बढ्ने स्थिति छ । अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्नसक्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताउनु भयो । उहाँले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गर्नुभयो । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताउनु भयो । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको छ । २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको छ । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको छ । १० लाख हेक्टरमा अहिले पनि सिंचाई छैन । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेका छौँ । सिंचाई भयो भने किसानले मलै नभएपनि खेती गर्दछन् । अनुत्पादन होला तर खती गर्दछन् ।’

सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गर्नुभयो ।