१७ भाद्र २०८३, बुधबार
,
Latest
संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुन्छः सचिव शर्मा



अ+ अ-

काठमाडौँ । आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।

बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने उहाँले बताउनु भयो । अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताउनु भयो । उहाँले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताउनु भयो । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो । हामीले अहिलेसम्म गरेको काम भनेको हामी आन्तरिक रुपमा प्रवद्र्धनको काम गरेका छौँ । बीउमा अनुदान दिन्छौँ । मलमा, भण्डारणमा अनुदान दिन्छौँ । बजार  पनि आन्तरिक बनाएका छौँ । सपोर्ट पनि गरेका छौँ । अझै व्यवस्थित हुन सकेको छैन । कृषि जोखिमपूर्ण व्यवसाय पनि हो । अबको पाटो भनेको देशभित्र उत्पादन भयो तर त्यसलाई बजार दिनुपर्छ । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी छ । आन्तरिक प्रवद्र्धन गरेर मात्रै भएन, राष्ट्रिय सुरक्षा पनि हामीले दिनुपर्छ । अर्को वर्ष कृषिजन्य वस्तुको उत्पादनको मूल्य बढ्ने स्थिति छ । अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्नसक्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताउनु भयो । उहाँले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गर्नुभयो । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताउनु भयो । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको छ । २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको छ । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको छ । १० लाख हेक्टरमा अहिले पनि सिंचाई छैन । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेका छौँ । सिंचाई भयो भने किसानले मलै नभएपनि खेती गर्दछन् । अनुत्पादन होला तर खती गर्दछन् ।’

सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गर्नुभयो ।