४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रको पदाधिकारी बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुने छ ।

यसैगरी बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा बैठकमा छलफल हुने छ ।

त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।