२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं। गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले आफ्नो वैधानिक आम्दानीभन्दा धेरै खर्च गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेको हो।

आयोगको अनुसन्धान अनुसार, शर्मा र उनका परिवारले ९ करोड ६६ लाख ८० हजार रुपैयाँभन्दा बढी रकम खर्च तथा लगानी गरेका थिए। तीमध्ये ३ करोड ३९ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरिएको निष्कर्ष निकालिएको छ।

शर्माले आफ्नो नाममा मात्र नभई पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ। २०५४ सालदेखि २०८० सालसम्मको सेवा अवधिमा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आम्दानी, शेयर कारोबार र ऋण फिर्ता लगायत विभिन्न स्रोत देखाए पनि त्यो आम्दानी यथेष्ट प्रमाणित हुन नसकेको आयोगको भनाइ छ।

शर्माले घरजग्गा, गाडी, सुनका गहना, शैक्षिक खर्च तथा अन्य ठूला आर्थिक लेनदेनमा अत्यधिक रकम खर्च गरेको भेटिएको छ। यिनै आधारमा आयोगले शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै गैरकानुनी सम्पत्तिको विवरण स्पष्ट पार्न माग गरेको हो।