७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

रोपाहार पाउन छाडेपछि…

रोपाहार पाउन छाडेपछि…
अ+ अ-

चितवन । पछिल्ला दिनहरुमा धान रोपाइँ गर्न मजदुरहरु पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ । छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो ।

अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको सङ्ख्यामा कमी आएकोे छ । विगतका वर्षहरुको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो । धान रोप्ने समयमा जिल्लामा तराई मूलबाट आउने मजदुरहरु बढी हुने गरेको भए पनि अहिले भने त्यो सङ्ख्या घटेको हो ।

राप्ती नगरपालिका–५ मा रहेको जनजागृति हरियाली ताजा तरकारी एवं फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष तराईबाट आउने कामदारको सङ्ख्यामा कमी आएको छ । उहाँले भन्नुभयो, “कामदार नपाए पछि अहिले किसानहरुले प्रविधिको प्रयोग गरेर धान रोप्न थालेका छन् ।” उहाँ आफँैले पनि श्रमिक नपाए पछि प्रविधिको प्रयोग गरेर धान रोपेको सुनाउनुभयो । धान रोप्नका लागि जिल्लाका कामदारहरु नपाउने र तराईबाट आएका मजदुरहरुको भर पर्नुपर्ने अवस्थालाई धान रोप्ने मेसिन राईस ट्रान्सप्लान्टर प्रयोग गर्ने गरिएको छ । अहिले किसानलाई धानको बीउ राख्न बानि नपरेकाले समस्या भएको भए पनि यसलाई सिकाउँदै प्रविधिको प्रयोग बढाउन आफूहरु लागि परेको उहाँले बताउनुभयो ।

खैरहनी नगरपालिकाको कुमरोजमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज बर्तौला कामदार लगाउँदा मूल्य दिनुपर्ने ज्यालाभन्दा प्रविधिको प्रयोगले सस्तो पर्ने भएकाले किसानहरु प्रविधिको प्रयोगमा केन्द्रित हुन थालेको बताउनुहुन्छ । बर्तौलाका अनुसार अहिले अघिल्ला वर्षको तुलनामा स्थानीय र तराई मूलका कामदार कम सङ्ख्यामा पाइने गरेको छ । तराई क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै त्यहाँका मजदुरहरु कम आउन थालेको उहाँले अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “बैदेशिक रोजार र स्थानीय रुपमा नै पाइने रोजगारीका कारण अघिल्ला वर्षहरुको तुलनामा कम संख्यामा मजदुरहरु आएको पाएका छौँ ।” आफ्नो संस्थामा रहेको मेसीन बिग्रिएसँगै मजदुर नपाएपछि अन्य संस्थाबाट ल्याएर धान रोप्न बाध्य भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले मजदुरको कमी हुँदै जाँदा प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो । अहिले जिल्लामा आठ वटा ‘राइस ट्रान्सप्लान्टर’बाट धान रोप्ने काम भइरहेको छ । अघिल्ला वर्षभन्दा कम सङ्ख्यामा मजदुरहरु आए पछि किसानले स्थानीय मजदुर र प्रविधिको प्रयोग गरेका हुन् । छोटो समयमा धेरै क्षेत्रफलमा धान रोप्न सकिने भएकाले पनि मजदुरको भन्दा प्रविधिको प्रयोग बढेको उहाँले बताउनुभयो । यसले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ केन्द्रित गर्दै लैजाने उहाँले बताउनुभयो ।

जिल्लामा २७ हजार २०७ दशमलव २५ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ । जसमध्ये हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झकनाथ कँडेलले जानकारी दिनुभयो । मजदुरको अभावका कारण हुनुपर्ने क्षेत्रभन्दा कममा धान रोपाइँ भएको हो । उहाँले भन्नुभयो, “जिल्लाको धान रोपाइँका लागि तराई मूलका कामदारको भर पर्नुपर्ने बध्यता छ । यसलाई प्रविधिको प्रयोगले केहीसम्म सहज बनाएको छ ।” जिल्लामा सावा, गोरखनाथ, साबित्री, राधाचार, हर्दिनाथ र युएस ३१२ जातका धान बढी मात्रामा लगाइने गरेको छ । रासस