१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्छ : मन्त्री श्रेष्ठ

सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्छ : मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताउनु भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताउनु भएको हो । 

उहाँले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्ने बताउनु भयो । उहाँले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरुले काम गर्नु पर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो,‘ सहकारीहरुले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्छ । तर नेपालमा कुनै पनि वस्तु ताथ सेवामा अन्तर्राष्ट्रिय रुपमा मूल्य बढ्दा बढाउने गरेका छन्। तर घट्दा नघटाउने प्रचलन छ । यसरी सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन हो । अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्छ । ब्याजदर बढाएर सहकारीको दायर धेरै फाइदा हुने पनि हुँदैन । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरुले काम गर्नु पर्छ । सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको छ। केहि दिनमा सार्वजनिक हुन्छ। मन्त्रालयले स्वास्थ्य समूहको हितमा नभई जनताको हितमा काम गर्ने गरी नीति बनाउने छ ।’

मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरु वित्तीय सुशासन भन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरित काम गरेकाले जनतासामु विस्वास गुमाउदै गएको बताउनुभयो । उहाँले सहकारीहरुले लगानी गर्ने भन्दापनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचलेको बताउनुभयो । केही सहकारीले बदमासी गर्दा सिङगो सहकारी क्षेत्रमा असर परेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको अव्वस्थामा नयाँ सहकारी दर्ता भन्दा पनि भएका सहकारीलाई मजबुद र प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले एकै घरमा धेरै बोर्ड राख्नु नहुने भन्दै सहकारीहरु पनि मर्जरमा जानु पर्ने बताउनु भयो। मन्त्री श्रेष्ठले भन्नुभयो,‘ अहिले सहकारीको अवस्था कमजोर रहेको छ । सहकारी सहकारी मान्यता अनुसार जान छाडेका छन् । सहकारीमा वित्तीय सुशासनको कार्यान्वयन नुहँदा समस्या आएको छ । यसले जनता माझ सहकारी प्रतिको विस्वास गुम्दै गएको छ । सरकारले तोकेको भन्दा बढी ब्याज लिने, सहकारी ऐन अनुसार साधरण सभा तथा खर्च नगर्ने, राजनीतिक आस्थाका आधारमा सेवा सुविधिामा विभेद गर्ने गरको गुनासोहरु आएका छन्। यसले पछिल्लो समय सहकारीहरुमा अझ जोखिम पैदा गरेको छ , सहकारीहरुमा वित्तीय सुशासन नभएको हुँदा बचतकर्ताको विश्वासमा कमी आएको छ।

सहकारीको घरजग्गा कारोबारमा बढी लगानी हुने गरेको, बचतकर्तामा केन्द्रित नरहेको भन्दै यो समस्या नीति हो अथवा नियतमा हो भन्ने प्रश्न उठेको छ । सहकारीमा जनगुनासो घटेको भन्दै राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण क्षेत्र सहकारी जनहित, सदस्यको हितमा काम गर्न, जनताको भरोसा नटुटने गरी काम गर्नु पर्ने छ ।’मन्त्री श्रेष्ठले सहकारीमा पछिल्लो समय देखिएका समस्या तथा गुनासोहरु नीतिको कारण भएको हो भने त्यस्ता समाधानको लागि सरकार तयार रहेको बताउनुभएको छ।