२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम
अ अ+ अ-

पाल्पा । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।

गत आइतबार पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको बस दुर्घटनामा पनि साँघुरो सडक र चालकको लापरबाहीलाई नै प्रमुख कारण मानिएको छ । शव तथा मलामी बोकेको सो बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । सो बस दुर्घटना हुनुमा साँघुरो सडक र चालकको लापरबाही नै प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार तानसेन–हार्थोक– रिडी सडकअन्तर्गत लघुवा पक्की सडकमा मोड नपुग्ने घुम्तीमा चालकको लापरबाहीका कारण दुर्घटना भएको थियो । तीव्र गतिमा बस गुडिएकाले घुम्ती कटाउन नसक्दा दुर्घटना भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ”, प्रहरी नायब उपरीक्षक त्वातीले भन्नुभयो, “अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ ।”
    
बसमा सवार मलामीहरुले चालकको लाहपरबाहीकै कारण दुर्घटना भएको बताइएको छ । बसमा यात्रा गरेदेखि दुर्घटनाका लक्षणहरु चालकले देखाएको थियो । चालकको लापरबाही देखेर आफू होसियार भएको हो । बस दुर्घटना आफू बाँचियो र नयाँ जीवन पाएको बसमा सवारी मलामी शिवप्रसाद भुसालले बताउनुभयो । उहाँ बुटबलबाट सोही गाडीमा रिडी मलामी हिँडेका थिए । सडक विस्तार गर्दा मापदण्ड विपरीत निर्माण गरिएकाले दुर्घटना रोकिएको छैन । हार्थोक–रिडी सडक निकै साँगुरो, ओरालो, घुम्ती र चिप्लो रहेकै कारण पटक पटक दुर्घटना हुने गरेको स्थानीयवासीको भनाइ छ । 

विगतका वर्षमा यही स्थानबाट पाँचपटक सडक सवारी दुर्घटनाको स्थानीय बासिन्दा सुरेश घर्तीले बताउनुभयो । आफूहरुले पटक पटक सरोकारवाला निकायलाई सडक फराकिलो बनाउन अनुरोध गरिए पनि सो काम नहुँदा मानवीय क्षति भएको स्थानीयवासीको गुनासो छ । हार्थोक–रिडी सडकअन्तर्गत अधिकांश सडक साँगुरा तथा ओरालो सकिएसँगै घुम्ती सुरु हुन्छ । तीव्र गतिमा आएका सवारीसाधन घुम्तीमा बढी दुर्घटना भएका छन् । यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय पाल्पाले घुम्ती कटानमा चासो दिएको छैन । 

स्थानीयवासी विश्व कार्कीले सडकका घुम्ती कटान गरी फराकिलो बनाउन आवश्यक देखिएको बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र चेकजाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको प्रहरी नायब उपरीक्षक त्वातीको भनाइ छ । 

कच्चीरुपमा विस्तार भएका अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । पहाड, अक्करे भिर हुँदै विस्तार भएका अधिकांश सडक एकतर्फी मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकांश ग्रामीण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । दोहोरो वारपार गर्नसमेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट खर्च गरेको भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।

सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको स्थानीयवासीको भनाइ छ । “सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा डोजर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ”, स्थानीयवासी विश्व कार्कीले भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत समेत सडक स्तरोन्नतिमा जिल्लामा बर्सेनि करोडौँ रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नाली, पर्खाललगायतका पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्नुपर्ने भए पनि अधिकांश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेकाले सडकको अवस्थामा सुधार आउन नसकेको गुनासो बढिरहेको छ । (रासस, कृष्ण दर्नाल)