• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण



काठमाडौँ । नेपालमा २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुस महिनाभर सङ्कलित एक हजार १४६ पोजिटिभ नमूनाको एस–जेन स्क्रिनिङ गर्दा २२ प्रतिशत अर्थात २५० मा एस–जेन नेगेटिभ देखिएको र तीमध्ये २४ मा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जनाइएको छ । 

मन्त्रालयलका प्रवक्ता सङ्गीता कौशल मिश्राले ओमिक्रोन भेरिएन्टले गर्दा हुने अत्यधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ट जोहो गर्न स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको विज्ञप्तिमा बताउनुभएको छ । 

उहाँले सीमा नाकाहरुमा कोभिड–१९को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजिटिभ आएका केसलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । विश्वलाई आधार मान्दा नेपालमा पनि ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड–१९का केशहरु बढ्नसक्ने भएकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।