२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण



अ+ अ-

काठमाडौँ । नेपालमा २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुस महिनाभर सङ्कलित एक हजार १४६ पोजिटिभ नमूनाको एस–जेन स्क्रिनिङ गर्दा २२ प्रतिशत अर्थात २५० मा एस–जेन नेगेटिभ देखिएको र तीमध्ये २४ मा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जनाइएको छ । 

मन्त्रालयलका प्रवक्ता सङ्गीता कौशल मिश्राले ओमिक्रोन भेरिएन्टले गर्दा हुने अत्यधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ट जोहो गर्न स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको विज्ञप्तिमा बताउनुभएको छ । 

उहाँले सीमा नाकाहरुमा कोभिड–१९को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजिटिभ आएका केसलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । विश्वलाई आधार मान्दा नेपालमा पनि ओमिक्रोनका कारणले अत्यधिक मात्रामा कोभिड–१९का केशहरु बढ्नसक्ने भएकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।