१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकको आन्दोलनले वीर अस्पतालमा विरामीको बिचल्ली



अ+ अ-

काठमाडौँ । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा विरामीहरू मारमा परेका छन् ।

सोमवादेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि विरामी बिचल्लीमा परेका हुन् । नियमति उपचार गर्न आउने विरामीहरुले ओपिडी सेवा समेत पाउन नसकेको गुनासो गरेका छन् ।

बिरामीको रिपोर्टको आधारमा आवश्यक औषधि लेख्ने चिकित्सक नै ओपिडीमा नभेटिएपछि आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।

नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा निस्किदा विरामीहरु मारमा परेका हुन् । उपभोक्ता अदालतको फैसलाविरुद्ध उनीहरु सोमवारदेखि आन्दोलनमा छन् ।

अदालतले केही साताअघि अस्पताल र चिकित्सकविरुद्ध फैसला गरेको थियो । अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिसम्बन्धी फैसला गरेको थियो । त्यो फैसलाले अहिले चिकित्सकहरू आन्दोलित भएका हुन् ।