९ पुष २०८२, बुधबार
,
Latest
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो



अ+ अ-

काठमाडौँ । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।

रसुवामा बाढीका कारण नागरिक सम्र्पकविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।

भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । त्यसैगरी, गृहमन्त्रालयले आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हो ।