१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्हेन्दे खोला बाढीः उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीपछि उद्धार र राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी रसुवामा आएको बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको बताउनुभयो । उक्त घटनामा परेर हालसम्म तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिराको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ गते गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै÷स्मरण गराउँदै कांग्रेसले एक्यबद्ध ढङ्गले प्रकोपको सामना व्यवस्थित योजनाका साथ गर्न तीनै तहको सरकारलाई आग्रह गरेको छ । कांग्रेसले नागरिक तहबाट अपनाउनुपर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ ।