१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्हेन्दे खोला बाढीः उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीपछि उद्धार र राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी रसुवामा आएको बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको बताउनुभयो । उक्त घटनामा परेर हालसम्म तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिराको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ गते गम्भीर विपत्ति व्यहोर्नुपरेको स्मरण गर्दै÷स्मरण गराउँदै कांग्रेसले एक्यबद्ध ढङ्गले प्रकोपको सामना व्यवस्थित योजनाका साथ गर्न तीनै तहको सरकारलाई आग्रह गरेको छ । कांग्रेसले नागरिक तहबाट अपनाउनुपर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल गरेको छ ।