२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रसय पचास ग्राहकको विद्युत् काटियो



अ+ अ-

मङ्गलबारे । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । 

बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।

यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले  इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन ९सिटी मार्ट०को  लाइन बिहीबारदेखि काटिएको छ । सिटीमार्टको रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन । साठी दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताउनुभयो । उक्त नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ । रासस