२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’माथि छलफल



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१’ माथि छलफल भएको छ ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रयोगशाला सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रयोगशालालाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रयोगशालामा गरिएको परीक्षणको नतिजा भनसुन नलाग्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पन्तले प्रयोगशालालाई कानुनी रुपमा बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । समिति सभापति तुलसाकुमारी दाहालले विधेयकलाई यही महिनाभित्र परिमार्जन गरी पारित गर्ने जानकारी दिनुभयो ।

प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले अपराध बढिरहेकाले प्रयोगशालाबाट छिटोछरितो परीक्षण गर्ने व्यवस्था गर्न कानुन बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

समिति सदस्य सुरेश आले मगर, डा वेदुराम भुसाल, भगवती न्यौपानेलगायतले प्रयोगशालालाई विश्वसनीय र अनुसन्धानमूलक बनाउनुपर्ने बताउनुभयो ।रासस